• हेर्नुस् के छ आज नेपाली बजारमा सुनचाँदी को मुल्य

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलवार १५:३८

    काठमाडौँ,९ भदौ। केहि दिन देखि सुनको मूल्यमा निरन्तर गिरावट आएको छ । आज मंगलबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको हो ।

    छापावाल सुन प्रतितोला ९७ हजार २०० र तेजाबी सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिअउन्स एक हजार ९३२ डलरमा कारोबार भइरहेको छ । त्यसैगरी चाँदी मंगलबार स्थिर रही सोमबार कै कारोबार मूल्य प्रतितोला एक हजार ३२० रुपैयाँ तोकिएको छ ।-File Photo

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु