• पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलवार १७:०४

    काठमाडौ ।पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । योसँगै संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६४ पुगेको छ ।

    मंगलबार स्वाथ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले १ महिलासहित ७ जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।

    मृत्यु हुनेमा काठमाडौंकी ७१ वर्षिय महिला, ७४ र ७६ वर्षिय पुरुष, पर्साका ६८ वर्षिय पुरुष, सिरहाका २२ वर्षिय पुरुष, धनुषाका ७६ वर्षिय पुरुष र रुपन्देहीका ५३ वर्षिय पुरुष छ्न् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु