दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

जिल्लाको समग्र संक्रमित मध्ये बुटवल उपमाहनगरपालिका क्षेत्रका सबै भन्दा बढी, कुन पालिकामा कति ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ भाद्र ९ गते, मंगलवार १८:४९

भैरहवा–मंगलबार रुपन्देहीमा हालसम्मकै उच्च ६९ जना कोरोना भाइरसका संक्रमित थप भएका छन्।आज थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ७ सय ३६ पुगेको छ। समुदाय स्तरमा संक्रमण फैलिएसँगै गत आइतबार ५६ जना संक्रमित थपिएपनि आजको तथ्यांकले त्यसलाई पनि उछिनेको छ।

मंगलबार साझ ५ बजे सम्मको तथ्यांकअनुसार सम्म रुपन्देहीका ९ पालिकाका ६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ।स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहका अनुसार कञ्चन गाउपालिका २३, बुटवल उपमहानगरपालिका १८ जना, सिद्धार्थनगरमा ९, शुद्धोधनमा २, मायादेवीमा ७, देवदहमा २, ओमसतियामा १, सम्मरीमाईमा ३ र सियारीमा ४ जनामा संक्रमण देखिएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, लुम्बिनी प्रादेशिक अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र नेशनल प्याथ ल्याबबाट आएको रिर्पोट अनुसार २६ महिला र ४३ पुरुषमा संक्रमण पुष्टि भएको भेक्टर कन्ट्रोल निरीक्षक शाहले लुम्बिनी टाइम्सलाई जानकारी दिए।आज थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या ७ सय ३६ पुगेको छ भने मृतकको संख्या ६ पुगेको छ। जिल्लामा ३४६ जना निको भएर फर्किसकेका छन, ३८४ जना उपचाररत छन्।

जिल्लाको समग्र संक्रमित मध्ये बुटवल उपमाहनगरपालिका क्षेत्रका सबै भन्दा बढी १८२ जनामा संक्रमण भएको छ।  त्यस्तै सिद्धार्थनगरमा ९८, तिलोत्तमा नगरपालिकामा ७४, लुम्बिनी सांस्कृतिक नगरपालिकामा ६१, कञ्चनमा ५०, सैनामैनामा ४४, सम्मरीमाईमा ३२, देवदहमा ३०, मायादेवीमा ३०, गैडहवामा २७, कोटहीमाईमा २७, सियारीमा २२, शुद्धोधनमा १८, रोहिणीमा १५, मर्चवारीमा १५, ओमसतियामा १० र रुपन्देही बस्ने ठेगाना नखुलेको १ जनामा संक्रमण देखिएको छ। 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु