• समुदायमा फैलदै कोरोना, के गर्दै छन् राज्य संयन्त्र ?

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलवार २१:४१

    -रञ्जित धमला

    काठमाडौं, ९भदौ । कोरोना संक्रमण (कोभिड १९)ले नेपालमात्रै नभई विश्व नै आक्रान्त छ । दिन÷प्रतिदिन कोरोना संक्रमितको संख्या बेढ्दै गएको छ । दिनमै करिव चार हजारभन्दा बढिको सख्यामा मानिसको मृत्यु भएको छ । यसलाई रोक्न शक्तिशाली मुलुकहरुले पनि सकेका छैनन् । कोरोना विरुद्धको भ्याक्सिन बनाउन विभिन्न मुलुकहरु लागि परेका छन् । संयुक्त राज्य अमेरिका, बेलायत, रसिया, चीन लगायत विकसित मुलुकहरु कोभिड १९ विरुद्ध भ्याक्सिन बनाउने होडमा छन् । कतिपय मुलुकले त भ्याक्सिन बनाई सकेको दावी गरेका छन् । रसियाले त परिक्षण समेत अगाडि बढाई सकेको छ । यद्यपि विश्व स्वास्थ्य संगठनले भने मान्यता दिई सकेको अवस्था भने छैन ।
    नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । सन् २०१९ डिसेम्वरमा चाइनाबाट शुरु भएको हो । कोभिड १९ भाइरस सुरु भएयता नेपालले जुन किसिमले पूर्वतयारी गर्नुपथ्र्याे, पर्याप्त समय हुँदाहुँदैपनि नेपाल कोरना विरुद्ध लड्न असफल भएको छ । सरकारले संघिय राजधानी लगायत प्रादेशिक अस्पताल निर्माण, जनशक्ति, मेसिन, भौतिक पूर्वाधार विकासमा गम्भीर नहुँदा यसले नेपालमा ठूलो क्षती गर्ने देखिन्छ । यति लामो समयसम्म पनि सरकारले जुन तयारी गर्नुपर्ने थियो त्यो देखिँदैन । यत्रो लामो समयसम्म त सरुवा रोग अस्पताल नै बनिसक्नु पर्ने विज्ञहरुको भनाई छ ।
    विरामी तथा कोरोना संक्रमितलाई उपचारको अभाव, भर्ना लिन अस्पतालले गर्ने आनाकानी, आइसुलेसन सेन्टर, अस्पतालमा भेन्टिलेटर र आइसियुको अभावमा सर्वसाधारणले ज्यान गुमाइरहंदा जनतालाई राज्यको उपस्थिति नै नभएको अभास भएको छ । उनीहरुले कहाँ छ राज्य, कहाँ छन् विपद् व्यवस्थापन संयन्त्र भनि प्रश्न गर्न थालेका छन् ।

    मंगलबार बेलुका यो समाचार तयार गर्दासम्म विश्वभर करिव ८ लाख १६ हजार ५ सय जनाको मृत्यु भएको छ भने २ करोड ३८ लाख २ हजार संक्रमित भएका छन् । त्यस्तै नेपालमा भने आज एकै दिन ८५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले थप ८५५ जना नयाँ बिरामी थपिएसँगै कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको जानकारी दिएका छन् ।

    उनका अनुसार बितेको २४ घण्टामा ३१३ जना डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या १९ हजार ११९ पुगेको छ ।
    यसैगरी आइसोलेशनमा १४ हजार २५० जना रहेका छन् । जसमा होम आइसोलेशनमा ५५७९ र संस्थागत आइसोलेशनमा ८ हजार ५८१ जना रहेका छन् । यसले नेपालमा कोराना संक्रमणको भयावह अवस्था आईसको संकेत गर्दछ ।
    अधिकांश अस्पतालमा आईसीयू र भेन्टिलेटर मात्र होइन, भर्ना हुने बिरामीहरुको उपचारका लागि चाहिने दक्ष जनशक्तिको पनि अभाव छ । त्यसमाथि स्वास्थ्यकर्मी संक्रमित हुनेक्रम बढेकाले समस्या झन विकराल बन्दै गएको छ ।

    कोरोना संक्रमित हुनु भनेको जघन्य अपराध गर्नु जस्तै भएको छ । संक्रमितलाई व्यक्ति एवं समुदायले हेर्ने दृष्टिकोण क्रुर बन्दै गएको छ । केहि दिनअघि बानेश्वरमा यस्तै घटना भएको छ । बिरामीको उपचार गर्ने नयाँ जीवन प्रदान गर्ने डाक्टर तथा स्वास्थ्यकर्मीमाथी नै गम्भिर रुपमा दुव्र्यवहार भयो । मुलुकका विभिन्न स्थानमा जिम्मेवार ठानिएका व्यक्तिकै नेतृत्वमा अमानवीय व्यवहार हुन स्वभनिय पक्कै होइन । । त्यत्ति मात्रै होइन, संक्रमित राख्नका लागि बनाइएका आइसोलेसन केन्द्र तोडफोड, चिकित्सकमाथि हातपात, डाक्टर तथा स्वास्थ्यकर्मीलाई आफ्नो टोलबाट हटाउन जुलुस गर्ने, कोरोना लागेका स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्ने लगायत घटनाहरु श्रृंखलावद्ध रुपमा भएको छ । यी त एक प्रतिनिधि मुलुक घटनामात्रै हुन् । यस्ता घटनाहरु दिनौं हुँदै आएका छन् । डाक्टर तथा स्वास्थ्यकर्मीलाई घर निकाला गर्ने, घरभाडामा नदिने लगायत विभिन्न घटनाहरु घटिरहका छन् ।
    उपचारमा संलग्न डाक्टर र स्वास्थ्यकर्मीलाई यस्तो किसिमको व्यवहार हुन निर्लज्ज कुरो हो । यस घटनाले देशको कानुन निष्कृयता र नागरिक शिक्षा कमजोर भएको प्रमाणित गर्छ ।

    यस विरुद्धमा नेपाल मानव अधिकार आयोग, नेपाल बार एशोसियसन लगायत संघ÷संस्था राजनीतिक दलले समेत डाक्टर र स्वास्थ्यकर्मीमाथि भएको दुव्र्यवहारको भत्र्सना गरेको गरेको छ । कानुन कार्यान्वयन गर्ने सरकार चुपचाप बसेको छ ।
    २०७६ चैत ११ बाट सरकारले लकडाउन गर्र्याे, कोरोना रोकथाम, नियन्त्रण तथा पुर्व तयारीका लागि भनेर तर सरकारले कोराना विरुद्ध लड्न जुन किसिमले तयारी गर्नु पर्ने थियो त्यसमा सरकार चुकेको छ ।

    हुन त सरकारले कोरोना विरुद्ध लड्न उप–प्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलको संयोजकत्वमा कोभिड १९ संकट व्यवस्थापन समिति (सिसिएमसी) गठन पनि गर्याे । त्यस संयन्त्र मार्फत कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि काम अगाडि बढायो । जुन हिसावले समितिमा प्रतिपक्षी दल तथा संघ÷संस्था, नीजिक्षेत्र तथा विज्ञहरुलाई समेट्न पर्ने थियो त्यसलाइै पुरै वेवास्ता गरियो र यसले महामारी नियन्त्रणका लागि सबैको हातेमालोको आवश्यकतालाई तगारो हाल्यो । सोचे अनुसार काम गर्न सकिएन । सरकार कोभिड १९ विरुद्ध लड्न जुन किसिमले संयन्त्रहरु बनाउनु पर्ने थियो यसमा पुरै असफल भएको देखिन्छ ।

    तर राज्यले कोरोना उपचारको नाममा राज्यकोषबाट करिब १२ अरब खर्च भयो त्यसले खास परिणाम ल्याएको छैन । बालुवामा पानी खन्याए सरह भएको छ । भौतिक पुर्वाधार र दक्ष जनशक्तिको तयार गरको भए उपचारको लागि आइसियु, भेन्टीलेटरको अभावमा उपचार नपाई संक्रमितको अकालमै मृत्युवरण हुनपर्ने अवस्था पक्कै पनि नआउन सक्थ्यो । दैनिक संक्रमित बढ्दै जानुले विपद् व्यवस्थापनमा सरकार पूर्ण रुपमा चुकेको स्पष्ट हुन्छ । संक्रमितहरुलाई राख्ने आइसोलन सेन्टर प्रयाप्त नहुँदा कयौ संक्रमित घरमै बसेका छन् । अनि जनचेतनाको कमीका कारण संक्रमितमाथिको दुव्र्यवहार पनि बढ्दै गएको छ । त्यसो त विपद् जोखिम न्यूनीकरणका लागि सरकारले चालेका कदमहरु नै बद्नियतपूर्ण छन् भन्दा पनि फरक नपर्ला ।

    आज कोराना मात्रै नभई अन्य गम्भिर खालको विरामीले पनि उपचार गर्न नपाउँदा र अस्पतालहरु चहार्दा चहार्दै मृत्यु हुनपरेको घटहाहरु धेरै छन् । अन्य रोगको उपचारको लागि जाँदा पनि अस्पतालले कोराना संक्रमणको रिपोर्ट माग्ने, आइसियु, भेन्टिलेटर छैन भन्दै फर्काउने गर्र्दा अकालमै सर्वसाधारणको मृत्यु भई रहेको अवस्था छ । यो दुःखद् पक्ष हो ।
    अब पनि सरकारले सबैपक्षलाई समेटेर विज्ञहरुको सल्लाहनुसार संयन्त्र बनाएर अघि नबढे समुदाय स्तरमा कोराना संक्रमण फैलिने र भयावह अवस्था आउने निश्चित छ । सरकार अत्यन्न चनाखो हुनु पर्ने अवस्था आएको छ । लकडान र निशेधज्ञाले मात्रै नियन्त्रण संभव छैन । समुदाय स्तरमा शिक्षा दिनु पनि नितान्त आवश्यक छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु