दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

तिमी सँग गहिरो माया बस्यो जलजला”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ भाद्र १० गते, बुधबार ९:३०

-शब्द(सचिन्द्र श्रेष्ठ)
-तस्बिर(लक्षमण लक्ष्य)
गीत को भावले भने जस्तो अत्यन्त मोहनी लगाउने जलजला,हुन त यो गीत र स्थान फरक हुदा हुँदै पनि उक्त गीतले भने झै यो पर्बत को जलजला सतह देखि ३००० मिटरको उचाइमा पहाडको टाकुरामा समथर क्षेत्र, खोला र सिमसार भएको जलजला पर्वत, कास्की र म्याग्दीको सिमा क्षेत्रमा पर्छ ।


हिउँदमा हिंमपात र बर्षातमा हरियाली संगै बसन्तको अन्तिम समय सम्म पनि सेतो र रातो लालीगुराँसले शुसज्जित जलजलाको सिमसार क्षेत्रलाई कास्कीको नयाँपुल तिर बग्ने भागमा बाँध बाँधेर ताल बनाउने विषयमा सम्भाव्यता अध्ययन गरि तलाउ बनाउनु पर्ने माग आए पनि हाल सम्म उचित ब्यबस्थापन नभएका कारण जलजलालाई थप आकर्षक पर्यटकीय गन्तब्य स्थल बनाउन सकिएको छैन।


अन्नपूर्ण धौलागिरी सामुदायिक पदमार्ग अन्तरगत पर्ने जलजलामा पर्वतको लेकफाँट, शालीजा, लेसपार, म्याग्दीको नाङ्गी, घोडेपानी, मोहरेडाँडा र कास्कीको उल्लेरी हुदै जलजला पुग्न सकिन्छ ।

साथै कुस्मा बजार देखि ७,८ घण्टाको उकालोमा धौलागिरी, अन्नपूर्ण, निलगिरी, गुर्जा, पुथा, माछापुच्छ्रे, मनास्लु लगायत १६ भन्दा बढी हिमाल, पर्वत, बागलुङ, म्याग्दी, कास्की, स्याङ्जा, गुल्मी, पाल्पा, गोरखा,तनहुँ, लमजुङ जिल्लाको अवलोकन गर्न र हेर्नसकिने यो जलजला प्रचार प्रसार,अध्ययन अनुसंधान र पूर्वाधारको कमीले पर्यटकीय गन्तब्य हुदा पनि पछाडि छ तसर्थ समयमै यस तर्फ ध्यान दिए पर्यटक ब्यसाय र पर्यटन प्रबधनमा ठुलो राहत हुने थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु