
काठमाडौं, भदौ ९ । विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड ४० लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ४० लाख ४९ हजार सात सय सात पुगेको छ।
त्यस्तै,आज विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या आठ लाख २३ हजार दुई सय ६६ पुगेको छ भने कोरोना जित्नेको संख्या एक करोड ६५ लाख ९९ हजार एक सय ४३ नाघेको छ । गत वर्षको डिसेम्बरको अन्त्यबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट अमेरिका सबैभन्दा बढी प्रभावित छ। अमेरिकामा मात्र एक लाख ८२ हजार चार सय चार जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् । त्यस्तै,ब्राजिलमा एक लाख १६ हजार ६ सय ६६ जनाको ज्यान गएको छ ।


