• कोरोनाबाट बच्ने उपाय ईम्युन सिस्टममा बृद्धि

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार १५:३६

    -गणेश राना

    हाल विश्वभर महामारीको रुपमा फैलिईरहेको कोरोना भाईरस छिट्टै नियन्त्रणमा आउने अवस्था देखिएको छैन ।

    विश्व स्वास्थ्य संगठनले यो कोविड १९ तुरुन्तै नियन्त्रण हुँदैन मानिसहरुले अब कोरोनासंगै बाँचन सिक्नुपर्छ भनिसकेको छ । यस्तो परिस्थितिमा अब हामी मानिसहरुले आप्mनो शरीरको प्रतिरक्षा प्रणाली अथवा रोग प्रतिरोधी क्षमता बढाउने उपायहरु अनिवार्य अवलम्बन गर्नुपर्ने देखिन्छ । हामी मानिस स्वस्थ रहन हाम्रो शरीर सञ्चालनका ११ प्रकारका प्रणालीह्ररु मध्य प्रतिरक्षा प्रणाली (ईम्युन सिस्टम) को महत्वपूर्ण भुमिका हुन्छ ।

    ईम्युन सिस्टम के हो ?

    ईम्युन सिस्टम (प्रतिरक्षा प्रणाली) भनेको हाम्रो शरीरको रोग प्रतिरोधि क्षमता हो । यो सिस्टमले पृथ्वीको वायुमण्डलमा रहेका हामी मानिसको प्रतिकुल अवस्था तथा अति सुक्ष्म जिवाणुहरुसङ्ग लडेर हामीलाई रोगव्याधी लाग्नबाट सुरक्षित राख्ने काम गर्दछ । यो ईम्युन सिस्टम भाईरस, किटाणु, जिवाणु, फङगस आदि हाम्रो शरीरका शत्रुहरुलाई नष्ट गर्न,सिपाहीको काम गर्ने शक्ति हो । रोगसंग लड्ने क्षमता राख्ने श्वेत रक्तकण र गुड व्याक्टेरियाहरु ईम्युन सिस्टम अन्तर्गत पर्दछन । यो ईम्युन सिस्टम हाम्रो शरीरले नियमित र प्राकृतिक प्रकृयाबाट प्राप्त गर्ने ताकत हो । यो हाम्रो आहार, विहार,दिनचर्या,शारीरिक कृयाकलाप,व्यवहार तथा लाइफ स्टा्ईल व्यवस्थापनबाट स्वस्फुर्तरुपमा क्रमशः तयार हुने कुरा हो।

    इम्युन सिस्टम हाम्रो शरीरमा क्रमशः बत्रे कुरा हो । शरीरमा बुस्ट गर्ने कुनै विशेष औषधी हुँदैन, बरु हाम्रो शरीरमा आस्ते–आस्ते क्रमशः तयार हुने कुरा हो । हाम्रो दैनिक नित्यकर्म र केही मसलाजन्य जडिबुटीहरुले यो प्रतिरक्षा प्रणाली शक्ति प्राप्त गर्न सकिन्छ ।
    हाम्रो स्वास्थ्यको अवस्था हाम्रो शरीरसङ्ग रहेको ईम्युन सिस्टममा भर पर्दछ । कसैलाई रुघा, खोकी, पिनास, ज्वरो,टनसील,गानो,गोला, पखाला,शरीर दुखाई लगायत सानातिना बिमारले सताईरहने र कसैलाई सितिमिती सानातिना रोग नलाग्ने कारण उक्त व्यक्तिको शरीरमा भएको ईम्युन सिस्टमको अवस्थाले गर्दा हो । ईम्युन सिस्टम राम्रो भएको अवस्थामा हामीलाई बाहिरी किटाणु, जिवाणु, ढुसीहरुले आक्रमण गर्न सक्तैनन् अनि सितिमिती रोग लाग्दैन । हाम्रो शरीरको ईम्युन सिस्टमलाई बलियो राख्न हामीले शरीर सञ्चालनका प्राकृतिक नियमहरुलाई अपनाउनुपर्ने हुन्छ । शरीर सुचारु रुपमा सञ्चालन हुन अथवा शरीरको मेटावोलिजम अर्डर कायम रहन यो प्रतिरक्षा प्रणाली अद्यावधी राख्न आवश्यक छ । हामीलाई यो कोरोना भाईरस लागिहालेमा पनि यदि हाम्रो शरीरको प्रतिरक्षा प्रणाली बलियो छ भने सामान्य प्रभाव देखिएर सञ्चो हुने अथवा कोरोना भाईरसलाई हाम्रो शरीरको प्रतिरक्षा प्रणालीले जित्ने प्रमाणित भएको छ ।

    इम्युन सिस्टम बढाउने घरेलु उपायहरु:-

    १) दालचिनी, धनियाँ,बेसारको बराबर मिश्रण चूर्ण बिहान बेलुका एक–एक चमच खाना पहिला ७ देखि १४ दिन सम्म बर्षमा ४ पटक मौसम परिवर्तन हुनेवेला मनतातो पानीसंग खाने रुघा, जुकाम, खाँसी ज्वरोमा पनि लाभ हुन्छ ।

    २) निमपत्ता ६–७, तुलसीपत्ता ६–७ वटा, हल्दी टुक्रा एक औंला बराबर, गुर्जो एक औंला बराबर सबै कुटेर एक कप पानीमा पकाएर आधाकप बनाउने चिसो भएपछि मह मिसाएर खाने । बिहान साँझ खान खाएको आधा घन्टा पछि ७ देखि १४ दिन सम्म खाने ।
    ३) अश्वगन्धा, जेठीमधु, कुरिलो, गुर्जो, सतुवा, सेतो मुसली लगायत पाएजति पोषणजन्य जडीबुटीहरुको बराबर मिश्रण चूर्ण बिहान र साँझ मह र मनतातो दुधसंग मिसाएर खाने ।

    ४) हाल विश्वमा महामारीकोरुपमा रहेको कोभिड १९ बाट बच्न, बेसारको चिया, गुर्जोको चिया, दालचिनीको चिया, तुलसीको चिया, ज्वानोको चिया, चिनी नराखेको तातो कागति पानी, अदुवाको चिया, जिरामरिच चिया, त्रिकटु आदि व्यक्तिको शरीरको प्रकृति र स्वास्थ्य अवस्था अनुसार प्रयोग गर्न सकिन्छ । आयुर्वेदमा चियालाई काढा भनिन्छ र यो सामान्य चिया भन्दा धेरै समय उमाल्नु पर्दछ ।

    ईम्युन सिस्टम बढाउने कृयाकलापहरु

    १) आवश्यक शारीरिक परिश्रमः–

    आफ्नो चाहना अनुसार उचित मात्राका व्ययाम, योगा, ध्यान, प्रणायाम, रनिङ एवं कुनैपनि शारीरिक परिश्रम गर्ने । शारीरिक परिश्रम गर्दै नगर्ने र अत्यधिक गर्ने दुबै स्वास्थ्इको लागि अनुचित हो । दैािनक १ घण्टा हप्तामा ५ दिन अनिवार्य योग, व्ययाम गर्नु पर्दछ । बिहानको योग, व्ययाम, प्रणायाम र हिंडाईले समेत इम्युन सिस्टम बढ्न मद्दत गर्दछ ।

    २) उचित मात्रामा आरामः–

    हम्रो शरीरलाई शारीरिक परिश्रम साथै आरामको आवश्यकता पर्दछ वा सुत्नु पर्दछ । अल्छी गरी धेरै आराम गर्ने र आराम नगर्ने दुवै हानिकारक हो । संधै निश्चित समयमा ६–७ घण्टा सुत्नु पर्दछ जसले शरीर रिजुमिनेशन प्रकृया सञ्चालित हुन्छ र शरीरले शक्ति प्रा्प्त हुन्छ ।

    ३) व्यवस्थित दैनिकी सञ्चालनः–

    हाम्रो लाईफ स्टाईल मेनेजमेन्ट कार्यहरु जस्तै सुत्ने, उठ्ने, खाने, योगव्ययाम गर्ने, मल निस्काशन गर्ने कार्यहरु नियमित र निश्चित समयमा हुनु पर्दछ । मल निश्काशन अथवा दिशा, पिशाव, पसिना समयमा निस्कन पाएन भने शरीरभित्र टक्सीन उत्पादन हुन्छ र रोगको लागि शरीरको वातावरण तयार हुन्छ । दिनचर्यालाई नियमित र ठीक–ठीक समयमा सञ्चालन गर्नु पर्दछ ।

    ४) पाचन प्रणालीको तन्दुरुस्तीः–

    पाचान प्रणाली तन्दुरुस्त राख्न खानेपिउने प्राकृतिक नियम पालना गर्नु पर्दछ । सिमीत खाने, समयमा खाने, ताजा खाने, एक खाना पचेपछि मात्रै अर्को खाना खाने, बिरुद्ध भोजन नखाने, सात्वीक खाना खाने सन्तुलित आहार खाने र बिशेष गरी खानामा हरियो सागशब्जि, काँचो सलाद र फलफुलको मात्रा धेरै खाने । तैयारी जङ्कफुड, फास्ट फुड, बट्टाबन्द प्याकिङ खाना सकेसम्म नखाने ।

    ५) प्रकृतिसंग नियमित संसर्गमा रहने-

    खालि खुट्टा जमिनमा हिंड्ने, घाम ताप्ने, बिहानमा चिसो पानीले नुहाउने, समय–समयमा भ्रमण गरेर प्राकृतिक सौन्दर्यमा रमाउने, हाँस्ने, खेल्ने र खुशी रहने ।

    ६) पानी प्रशस्त पिउनेः–

    शरीरलाई आवश्यक मात्राको पानि पिउनु पर्दछ । बिउँझिनासाथ पिउने, खानाको १ घन्टा अघिपछि नपिउने, उमालेको तातोतातो र फ्रिजको चिसो नपिउने, पानी एक–एक घुटकी पिउने जस्ता नियमको पालना गर्नु स्वस्थ रहनको लागि अनिवार्य पर्दछ । खानासङ्ग पान्ीको सट्टा दुध, दहि, मोही, दाल, सुप पिउनु पर्दछ ।

     

    यस्ता खाना तथा कृयाले ईम्युन सिस्टम ह्रास भएर जान्छः 

    १) चिनी, चिसो पेय, चक्लेट, बट्टाबन्द जुस, कृत्रिम गुलियो आदिले श्वेत रक्तकणहरुमा भिटामिन सि पुग्न दिंदैन र ईम्युन सिस्टम घटाउँछ । सट्टामा ताजा कागति पानी, नेचुरल सुगर युक्त फलफुल खानुपर्दछ ।

    २) अधिक अल्कोहलको सेवनले श्वेत रक्तकणीकाहरु बत्रे प्रकृया अबरुद्ध हुन्छ शरीरमा मेटावोलिजम डिसअर्डर हुन्छ र ईम्युन सिस्टम नाश हुन्छ ।

    ३) धुम्रपानले शरीरको ईम्युन सिस्टम नाश गर्दछ । धुम्रपानमा पाईने इमोनिया, निकोटिन, आर्सेनिक तत्वले ईम्युन सिस्टम नाश गर्दछ ।

    ४) अत्यधिक चिया, कफिले पनि स्नायु प्रणालीलाई धेरै उत्तेजित पार्दछ । यसमा पाईने क्याफिनले उत्तेजना दिन्छ र ईम्युन सिस्टम ह्रास हुन्छ । धेरै कफिले व्लड सुगर, कोलेस्ट्रोल बृद्धि गर्दछ जसले रक्तसञ्चार प्रणालीलाई समेत प्रभाव पार्दछ, रगतमा अम्लीयपन बृद्धि हुन्छ । बढिमा दिनमा २ कप पिउन सकिन्छ ।

    ५) नियमित जंक फुड, फास्ट फुड, बट्टाबन्द प्याकिङ तैयारी खानाहरुले पनि पाचन प्रणालीको ईम्युन सिस्टम नष्ट हुन्छ । यस्ता खानामा रहेको प्रिजर्वेटिभ रसायन, टेस्टीङ पाउडर, अशुद्ध चिल्लो रहेको हुन्छ । सेतो चिनी, सेतो नून, रिफाइन तेल स्वास्थ्यको लागि हानीकारक हो ।

    ६) धेरै र लगातार रिसाईरहने, झगडा गर्ने बानीले ईम्युन सिस्टम तिब्ररुपमा नास हुन्छ । डिप्रेशन, चिन्ताले पनि ईम्युन सिस्टम ह्रास हुन्छ ।
    ७) रासायनिक तथा एलोपेथिक औषधीको डाक्टरी सल्लाह बिना लापरवाही र अधिक प्रयोगले ईम्युन सिस्टम घट्छ ।

    (थप जानकारी को लागि ऋषिमुनि आयुर्वेद,धर्म महारस ९८४९५१२४२०)

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु