• पैसा कमाउन र जिबन स्तर बढाउन बिदेश नै जानु पर्छ भन्ने छैन- युबा ब्यबसायी कुमार भण्डारी

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार १६:५६

    -आ.बि.बुढाथोकी

    होटल रेस्टुरेन्ट ब्यबसायमा कुमार भण्डारीलाई नचिन्ने कमै होलान । उबेलाको निकै बिकट मानिने रामेछाप जिल्लामा जन्मेर पनि राजधानीको एक सफल ब्यबसायी सम्म आइपुग्दा कुमार भण्डारीले निकै उतार चडाब भोग्नु भएको छ । पैसा कमाउन बिदेश नै जानु पर्दैन भन्ने एक अब्बल उधारण पनि उहा स्वयमले साबित गरेर देखाउनु भएको छ। बुबा उदय बहादुर भण्डारी र माता कोटि कुमारी भण्डारी कोखबाट मिति २०३४। १२। ०४ गतेको दिन उहाको जन्म खाडदेबी गाउपालिका वार्ड नम्बर ८ भदौरे रामेछापमा भएको थियो । परिवारमा दाई पछीका माइलो छोरो,एक भाई र दुई दिदी हुनुहुन्छ । मध्यम परिवारमा जन्मनु भएका भण्डारीले प्राथमिक शिक्षा आफ्नै गाउमा पुरा गनु भयो भने त्यसपछी ६ देखि १० सम्म श्री प्रयागेश्वर मा. बि. फुल्पा पकरवासबाट पुरा गर्नु भयो । उहाले सो स्कुललाइ सक्दो आर्थिक सहयोग गर्नु भयो र आहिले त्यहा डिग्री सम्मको पढाइ हुन्छ। उहाको पालामा १० सम्म हुन्थ्यो त्यहिबाट उहाले एसएलसी २०५० सालमा फस्ट डिभिजनमा एसएलसी पास गर्न सफल हुनु भएको थियो । उहाले पढेको स्कुल भदौरेमा अहिले बिबिएस सम्म पढाइ हुन्छ र अहिलेका बिद्याथीलाई निकै सहज भएको छ नत्र दुई घण्टा हिंडेर पकरवास पुग्नु पर्थ्यो ।

    उच्छ शिक्षाको लागि जब उहा राजधानी छिर्नु भयो तब उहाका संघर्सका दिन शुरु भए । जावालाखेलको रोयल फास्टफुड एन्ड केक सपमा वयटरको रुपमा काम गर्दै मिन भबन क्याम्पस आइ कम अध्ययन गर्न थाल्नु भयो । आइकम पास गरेपछी २०५४ साल नेपाल आर्मिको क्याडेटमा अफिसरको लागि दर्खास्ता दिनु भयो तर सफल नभए पछी पुन आफ्नै काममा इमानदारिका साथ लाग्नु भयो । सिनियर वयटर,क्याप्टेन,क्यासियर हुँदै सोही रेस्टुरेन्टमा उहा म्यानेजर पद सम्म पुग्नु भयो र यो अबधिमा उहालाई बिदेशी कयौ गेस्टहरुले बिदेश लैजाने अफर दिए तर उहाको मन मानेन र एक दिन आफ्नै पेशा गरेर आँफै साहु हुने द्रिड विश्वासका साथ अगी बड्दै २०५७ सालबाट सुरुमा रिगल इमेज क्याफे थापाथलिबाट ब्यबशायिक यात्रा शुरु गर्नु भएको हो । त्यतीबेला सम्म उहाले बि कम सम्मको पढाइ सम्पन्न गरी सक्नु भएको थियो । आफ्नो ब्यवसायमा बिस्तारै सफल हुँदै गए पछी उहाले २०५९ सालमा कोटेश्वर निवासी क्याप्टेन लालब। कार्की र सीता कार्किको कान्छी छोरी सरिता कार्किसँग विवाह बन्धनमा बाधिनु भयो ।

    उहाको जिबन सङगिनिले पनि आफ्नो ब्यबासायमा निकै साथ,सहयोग दिएकै कारण उहा आजको स्थितिमा पुग्न सफल हुनु भएको हो । उहा अहिले दुई जुडुवा छोरा र एक छोरी आफ्नै बलबुताले बनाएको घर कोटेश्वरमा बस्नु हुन्छ ।फास्ट फुड एसोसिएसनको पुर्व सदस्य समेत रही सक्नु भएका भण्डारीले काठमान्डौ भ्यालीका १४५ फास्ट फुड तथा क्यापेको हकहितमा समर्पित भएर आबाज उठाउदै आउनु भएको छ। टिभी मिडिया र पत्र पत्रीकाका एक सफल युबा ब्यब्सायी भनेर निकै चर्चा गरिने उनै कुमार भण्डारी अहिले सबै बिदेशीन खोज्ने युबाहरुका लागि प्रेरणाका श्रोत साबित भएका छन । इमानदारी,लगन, संयमताका साथ लागेमा सफल हुन कुनै देश जानु पर्दैन भन्ने उहाले साबित गरेर देखाउनु भएको छ । आफ्नो ब्यबसायसङगै दर्जनौ सामाजिक संघ सस्थाहरुमा आबद्द भण्डारी दिन दुखीहरुलाई दिल खोलेर सहयोग गर्न रुचाउनु हुन्छ । सामाजिक कार्यका लागि भनेर उहाले कमाएको १० प्रतिशत रकम सदैब छुट्याएर राख्नु हुन्छ र त उहालाई कहिले बाल आश्रममा, कहिले ब्रिद्द आश्रममा त कहिले दिन दुखीको घर आगनमा पुगेको देख्न सकिन्छ । सामाजिक कार्यमा सकृय रुपमा लागेका कारण उहालाई बिभिन्न प्रमाण पत्र र कदर पत्रका साथ संघ सस्थाहरुले सम्मान गरेका छन ।


    सामाजिक कार्य सँगसङै धार्मिक कार्यमा पनि त्यतिकै सकृय रुपमा लागि पर्ने कुमार भण्डारी बिभिन्न मठ मन्दिर,क्लब,टोल सुधारमा पनि सक्दो सहयोग पुर्याउदै आउनु भएको छ । आफु जहाँ पुगेता पनि आफ्नो जन्म थालो र आफ्ना माता पितालाई कदापी भुल्नु हुन्न भन्ने सोच राख्नु हुने उहा बेला बेलामा आफ्नो जन्म थलो रामेछाप पनि पुग्नु हुन्छ रा बिभिन्न धार्मिक कार्यको आयोजना गरेर आफ्ना माता पिताको इच्छा पुर्याउनु हुन्छ । गाउका स्कुल तथा अन्य सामाजिक संघ सस्थालाई पनि उहाले खुलेर आर्थिक सहयोग गरेका कारण लोकप्रियता कमाउनु भएको छ । आफ्नो र आफ्नो परीवारको जन्म दिन कुनै बाल आश्रम या ब्रिद्दा आश्रममा पुगर केक काटेर मनाउन रुचाउने भण्डारी अली भिन्न र उदार स्वभाबका हुनु हुन्छ । २०७७ सालमा आफ्नो गाउमा बुबा आमाको पैत्रिक सम्पतिबाट स्वास्थ्य चौकी बनाउन २ रोपनी माथी जग्गा निशुल्क सबै परिवारको तर्फबाट उपलब्ध समेत गराउनु भएको छ रामेछाप जिल्ला सभापतीको समन्वयनमा जग्गा दान समेत गर्ने पवित्र काम गरेर ३,४ बडाका रोग लागेकाहरुको लागि उपचार गर्ने ठाउँ सित्तैमा उपलब्ध गराएर गाउमा उल्लेखनिय काम गराउन सफल हुनु भएको छ ।

    आफुले गरेको पेशामा उहा पूर्ण सन्तुस्टी पनि हुनु हुन्छ । यही पेशाबाट उहाले छोरा छोरीलाई राम्रो स्कुल कलेज बढाउनु भएको छ भने भने जस्तो ठाउमा आफ्नो बास पनि खडा गर्न सक्नु भएको छ । स्वदेशको कमाइले उहाले बिदेशी जिबन बिताएको देखेता पनि वास्तविक रुपमा सामान्य ब्यक्तित्व हुनु हुन्छ । ब्यवसाय बिस्तार गर्ने क्रममा उहाले बिगत १८ बर्ष देखी एभरेस्ट क्याफे भाटभटेनी सन्चालन गर्दै आउनु भएको छ र त्यही एभरेस्ट क्याफे सन्चालन सङ्गै कोटेश्वर चोकैमा सिङ्गै घर लिएर एभरेस्ट फुड्ल्याण्ड पनि १ बर्षसम्म सन्चालन गरि आफ्नो ब्यस्तताले गर्दा सो फुडल्याण्ड आफ्नो पाटनरलाइ छोडेर अनि एभरेष्ट क्याफे भाटभटेनिमा मात्र लागिराख्नु भयो । आफुले गरेको पेशामा उहा पूर्ण सन्तुस्टी पनि हुनु हुन्छ । यही पेशाबाट उहाले छोरा छोरीलाई राम्रो स्कुल कलेज बढाउनु भएको छ भने भने जस्तो ठाउमा आफ्नो बास पनि खडा गर्न सक्नु भएको छ । स्वदेशको कमाइले उहाले बिदेशी जिबन बिताएको देखेता पनि वास्तविक रुपमा सामान्य ब्यक्तित्व हुनु हुन्छ ।
    आफु बाचौ र दिन दुखी लाई पनि बचाउ भन्ने उच्च सोचका साथ अगी बढ्नु भएका भण्डारीले इन्द्रेणी ग्रुपको पनि एक हिस्सा मालिकको रुपमा स्थापित हुनु हुन्छ अहिले पछिल्लो समय भण्डारिले इन्द्रेणी ग्रुपको महाराजगन्ज र बसुन्धरामा पनि सियरहोल्डरको रुपमा स्थापित हुनुभएको छ । र आगामी दिनका लागि कयौ योजनाहरु बनाएर यही पेशामा समर्पित हुने अठोटका साथ लागि पर्नु भएको छ ।

    अहिलेका युबाहरुका प्रेरणादायी ब्यक्तित्व भण्डारी निकै सहयोगी भाबका हुनु हुन्छ र त उहाका हरेक कार्य सफल भएका छन । आफ्नै लगनले कमाएको पैसाले बिस्व दर्जन भन्दा ज्यादा देश टुडिसको रुपमा परिवार सहित घुम्न भ्याएका भण्डारीका आगामी दिनमा युबाहरुलाई लक्षित गरेर केही नयाँ योजना बनाउने र नेपाली श्रम बिदेशी भुमिमा खर्चन कम आउने कुरामा बिस्वत्त हुनु हुन्छ । पहिलाको तुलनामा आफ्नो गृह जिल्ला पनि निकै बिकास भएको र युबाहरुले पनि पहिलाको तुलनामा धेरै रोजगारीको अबसर पाएकोमा निकै खुशी ब्यक्त गर्नु हुन्छ र भन्नु हुन्छ हामीले जती दुस्ख र कस्ट भोगेर यो स्थानमा आइपुगेका छ भाबी पुस्ताली आधा मात्र मेहनत गरे पनि भबिस्य उज्वल दिख्छु ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु