• नेपालको पहिचान स्वास्थ्य सम्बन्धी बहुगुणी अकबरे खुर्सानी

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार १७:४६

    नेपाललाई बिश्वब्यापी  पहिचान गराउने खाना मध्य अकबरे खुर्सानीलाई पनि प्रमुख मानिन्छ । यो खुर्सानी संसारमा कही पनि नपाईने कतै कतै पाइएता पनि नेपालको जस्तो पिरो र स्वादिलो पाइन्न । यो खुर्सानीलाई डल्ले र ज्यानमारा पनि भनेर पनि चिनिन्छ । आबश्यता भन्दा ज्यादा खादा ज्यान समेत जाने हुनाले पहाड तिर यसलाई ज्यानमारा भनेर चिनिएको हो । साधारण तया खुर्सानी पिरो स्वाद दिने फल हो । खुर्सानीको पिरो तत्वलाई क्याप्सिसिन र त्यो वनस्पतिलाई क्याप्सिकम भनिन्छ। यसलाई अकबरे भनेर पनि चिनिन्छ । अरु खुर्सानीको तुलनामा यो अझ पिरो र स्वादिलो हुन्छ । डल्ले खुर्सानीलाई बिदेशीले पनि निकै चाख दिएर खान्छन । यसले खानालाई पिरो मात्र बनाउने होइन एक किसिमको छुट्टै खालको स्वाद दिने हुँदा खानाको स्वादमा नै भिन्न मिठास ल्याइदिन्छ । यो खुर्सानीले खानालाई स्वादिलो मात्र बनाउने होइन स्वाथ्य सम्बन्धी पनि ब्यापक फाईदा छ । नेपाली समाजमा यो खुर्सानीलाई ग्यास्टिकको दबाइ भनेर नै चिनिन्छ । बैदेशीक रोजगार र अध्ययनमा बिदेशिएका नेपालीहरुले सबैभन्दा मिस गर्ने चिज नै यो डल्ले हो भनिन्छ त्यसैले त जो कोही आफन्त नेपालबाट जादा उनिहरुले यही अकबरे मगाएका हुन्छन । नेपालका प्राय सबै भू (भागमा अकबरे खुर्सानीको खेती हुने भएता पनि , अकबरे खुर्सानी नेपालको पहाडी जिल्लाहरूमा राम्रो उत्पादन हुन्छ । नेपालको पूर्वी पहाडी जिल्ला इलाम, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर लगायतका जिल्लाहरूमा यसको उत्पादन धेरै हुने गर्छ ।तेर्हथुमबाट २०७५ सालमा मात्र ६ करोडको डल्ले खुर्सानी निर्यात गरिएको थियो । भारतको बिभिन्न स्थानमा निर्यात गरिने यो खुर्सानी बहुप्रायोजनका लागि हुनाले बजार सहज पाईन्छ । प्रती केजी ३०० देखी ४५० सम्ममा बिक्री हुने हुँदा किसानहरु पनि यो नगदे बालीमा आकर्शित भएका छन ।

    खुर्सानीको बैज्ञानीक नाम क्याप्सीकम फ्रुटेसेन्स हो भने यसलाई अङ्रेजीमा रेड सभिना पेपर हवानो पेपर अर्थात भनेर चिनिन्छ । प्राय भिडे खुर्सानी बाहेक सबै खुर्सानी पिरो नै हुन्छ । कुनै ज्यादा पिरो हुन्छ त कुनै कम पिरो तर लामो खालको माछा खुर्सानी पनि खासै पिरो हुन्न । खुर्सानी खानु केही पेटका बिमारिका लागि बेफाईदा भएता पनि यसका फाईदा धेरै छन । सामान्य तया नेपाली भन्सामा खुर्सानी ब्यापक प्रयोग हुन्छ र यो भित्र पनि दर्जनौ जात हुन्छ । यो समय नेपालमा पनि डल्ले खुर्सानीको सिजन भएका कारण जहाँ तही यही खुर्सानी देख्न सकिन्छ ।

    यो खुर्सानी काँचो(हरियो),पाकेको,सुकेको र अचार हालेको जुन हिसाबले पनि खान सकिन्छ । यो खुर्सानी सलादमा मिसाएर खाना सकिन्छ। त्यस्तै स्पाइसी ड्रिक भनेर हार्ड ड्रिन्कमा समेत मिसाएर खान थालिएको छ । अन्य खुर्सानीको तुलनामा यो खुर्सानी अली भिन्न स्वाद हुने हुँदा जसरी खादा पनि उत्तम मानिन्छ । जिब्रोलाई पिरो लागेता पनि अन्य खुर्सानीले जस्तो यो खुर्सानीले पेटमा कुनै असर गर्दैन। नेपालबाट अकबरे खुर्सानीको अचारजन्य परिकार बनाएर अमेरिका तथा युरोपका विभिन्न मुलुक,अस्ट्रेलिया र मलेसिया लगायतका देशहरुमा निर्यात हुदैँ आएको छ । साथै यो खुर्सानी ग्यास्ट्रिक तथा चिसो लागेका मानिसहरु को लागि औसधी को रुपमा पनि प्रयोग हुदै आएको पाइन्छ ।

    अकबरे खुर्सानी नियमित सेबन गर्दा हुने स्वास्थ्य सम्बन्धी फाईदा

    • खाना पचाउने काममा बिशेष सहयोग पुर्याउने काममा अकबरे खुर्सानीले सहायता पुर्याएको हुन्छ ।
    • माइग्रेनको समस्या समाधानका लागि पनि यो खुर्सनी अती उत्तम मानिन्छ ।
    • नियमित यो खुर्सानी सेबन गर्नाले केही हद सम्म क्यान्सर लाग्नबाट जोगिन सकिन्छ ।
    • कोल्ड फ्लुबाट बचाउन पनि धेरै हद सम्म मद्त पुर्याउछ ।
    • हाड जर्नीमा हुने दुखाइ कम गराउन पनि यो खुर्सानी नियमित खान सकिन्छ ।
    • कार्डियोभास्कुलर र हार्टको समस्या हुनबाट जोगाउने पनि अकबरे निकै फाईदा जनक साबित छ ।
    • डाइबिटिज हुन बाट जोगाउन बिशेष भूमिका खेलेको हुन्छ ।
    • शरीरमा रेड ब्लड सेल बढाउन बिशेष मद्त पुर्याउछ ।
    • रगतमा चिनीको मात्रा घटाऊन मद्त पुर्याउछ र सुगर रोगबाट बचाउन मद्त गर्छ ।
    • ग्यास्टिक तथा अल्सर रोग निदान हुन मद्त पुर्याउछ ।
    • पिसाब सम्बन्धी समस्या कम गराउन सहयोग पुर्याउछ ।
    • अकबरे हालेर पकाएको खाना किटाणु रहित हुने हुँदा कुनै पनि तरकारीमा थोरै भए पनि यो खुर्सानी हाल्नु राम्रो मानिन्छ ।
    • थकाई पन घटाएर शरीरमा चङ्गा बनाउन बिशेष भूमिका खेलेको हुन्छ तसर्थ तपाईंलाई अल्छि लागेका बेला अकबरे खुर्सानी र नुन पिनेर कुनै पनि चिज सँग खान सक्नु हुन्छ ।
    • यो खुर्सानीमा क्याप्सिसिन पाइन्छ । जसका कारण पेट सम्बन्धिमात्र होइन अन्य रोगीलाई समेत फाईदा पुर्याउँछ ।
    • एलर्जी हुनबाट जोगाउन धेरै हद सम्म मद्त गर्छ ।
    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु