• रोग प्रतिरोगातम्क क्षमता(इम्युनिटी पावर) बढाउने बिदेशी फल पेपिनो मेलन नेपालमा लोकप्रिय

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार १९:२८

    अहिले नेपालमा एक फल निकै चर्चामा छ पेपिनो मेलन जुन बिदेशी फल भनेर चिनिन थालेको छ । रोग प्रतिरोगातम्क क्षेमता(इम्युनिटी पावर) बढाउने बिदेशी फल पेपिनो मेलन नेपालमा लोकप्रिय हुँदै गएको छ । स्वाथ्य सम्बन्धी प्यापक फाउदा बोकेको यो फल काठमान्डौको कौसी कौसीमा पनि खेती गरेको पाईन्छ । कोभिट -१९ का कारण यो फल सबैले खोज्दै खान थालेका छन ।

    यो अनौठो फल धेरै कमलाई मात्र नाम थाहा छ र नेपाली नामकरण पनि भएको छैन । यसको नेपाली नाम नभए ता पनि बिदेशबाट छिरेको हुनाले गाउ घरमा बिदेशी फल भनेर चिनिन्छ भने शहरमा ८ फ्रुट पनि भनिन्छ किन कि यो फलको खासै आफ्नो स्वाद पहिचान छैन बिभिन्न ८ फलहरुको स्वाद भिन्न भिन्न रुपमा आउने हुँदा पनि यसलाई एट फ्रुट नाम दिइएको हो ।शहर बजारको कौसी कौसी मा अहिले पेपिनो मेलनको खेती सहज फास्टाएको देख्न सकिन्छ । यो फलको खेतीका लागि खासै मेहनत पनि गर्न नपर्ने र आँफै झ्याङिगएर आउने हुँदा धेरैले सरल रुपमा गमला गमलामा पनि रोपेको देखिन्छ । यो फल दक्षिण अमेरिकी महादेशका पेरु, इक्वेडर, कोलम्बिया, बोलिभिया, चिली आदि देशमा अत्यधिक पाइन्छ अत्यधिक पाइने र ब्यापक रुपमा ब्यबसायिक खेत गर्ने गरिन्छ । पेपिने मेलन धेरै प्रकारका हुन्छन र आकारमा पनि गोलो, लाम्चो, अण्डाकार आदि हुन्छन् ।

    पेपिनो मेलन के हो र यसबाट के फाईदा ...

    हामीलाई स्वस्थ्य रहन चाहिने भिटामिन ए, भिटामिन बी, भिटामिन सी, भिटामिन के प्रशस्त पाइन्छ यो फलमा खादा स्वादिलो मात्र होइन प्रसस्त मात्रमा औषधीय गुण पाईन्छ । यो फलको स्वाद कसैलाई मेवा जस्तो लाग्छ त कसैलाई भुइकटर जस्तो पनि लाग्छ । बिदेशी फल भनेर बजार नपाईएला कि भन्ने डर रहेकोमा पेपिनो मेलनले छिट्टै बजार लिन सफल भयो । कृतिपुर तिरका किसानले यो फल ब्यबसायिक रुपमा फलाउन थालेका छन । बिशेष गरी यो फल कालम्बिया, इक्युडबार, बोल्विया, पेरु, चिली, न्युजिल्यान्ड, टर्की, अमेरिका, जापान युरोपमा यो फल बढी प्रख्यात छ ।यो पेपिनो मेलन हो । यसलाई अंग्रेजीमा पेपिनो डुल्स् पनि भन्छन् भने स्पेनिसहरु यसलाई पेपिनो मात्र भनिन्छ ।

    स्वास्थ्य सम्बन्धी फाईदा

    -प्राकृतिक शक्ती दिने बुस्टर भनेर पनि चिनिन्छ पेपिनो मेलन । य फल खानाले अतिरिक्त शक्ती उत्पादन हुने हुँदा रोग प्रतीरोधात्मक क्षेमता बढाउछ ।

    -बिस्तार बिस्तार दु:खाइ कम गराउदै लाने हुँदा यो औषधीको रुपमा पनि काम दिन्छ र सिजनल रुपमा नियमित खाने गर्नु पर्छ । -शरिरमा भएको अतिरिक्त्त कोलस्टोर कम गर्न मद्त पुर्याउछ ।

    -शरिरको कुनै पनि क्यान्सरसँग जुध्न ठुलो मद्त पुर्याउछ ।

    -उच्च रक्तचाप हुनेका लागि पनि पेपिनो मेलन फाईदा जनक मानिएको छ ।

    -खाना अपच हुने समस्या भएकाहरुका लागि पनि यो फल उत्तम छ ।

    -शरिरमा हुने अनआबश्यक वजन घटाऊन यो फलले बिशेष भूमिका खेल्छ ।

    -हड्डीलाई मजबुत बनाउन सहयोग पुर्याउछ ।

    -रोग प्रतीरोगात्मक क्षेमता (इम्युनिटी पावर) बढाउन प्रमुख भूमिका खेल्छ ।

    -कलेजोलाई सधैं स्वास्थ्य राख्न मद्त पुर्याउछ ।

    -डाइबिटीजको रोगीलाई पनि निकै उपयोगी फल मानिन्छ पेपिनो मेलन ।

    -किड्नीमा हुने ब्याक्टेरिया यनिमिया हुनबाट बचाउन पनि निकै हद सम्म भूमिका खेलेको हुन्छ यो फल ले ।

    यो फल कसरी खाने ?

    पेपिनो मेलन अन्य फल जस्तै पाकेपछि ताछेर सजर रुपमा खाना सकिन्छ र यो फल अती मिठो भिन्न मिक्स स्वादको,स्वादिलो र स्वास्थ्य बर्दक हुन्छ । बिदेशमा यो फल प्रयोग गरेर बिभिन्न सलाद,केक,लस्सी,जुस र ड्रिन्कहरु तयार गरेर ब्यबसायिक रुपमा होटल रेस्टुरेन्टमा महँगो मुल्यमा बिक्री गरिन्छ ।यो फलमा लेमन मिसार खनाले रोग प्रतिरोधात्मक शक्ती बढने र रोग सँग लडने क्षेमता बढ्ने विश्वासले अहिलेको यो अवस्थामा सबैले खोजी खोजी खाने गरेका छन ।

    यो फलको खेती गर्नेहरुले पनि राम्रो आय आर्जन गरेका छन र घरायसी प्रयोगको लागि आफ्नै कौसीमा खेती गरेर प्रयोगमा ल्याएका छन । एउटा गमलामा रोपेको पेपिनो मेलन राम्रो मल जल पुगेमा लटरम्म फल्ने र घरको प्रयोगलाई सहज पुग्ने हुन्छ । यो समयमा माछा मासु भन्दा पनि यस्ता दुर्लभ फल फुल खोजेर खनाले शरीरमा इम्युनिटी पावर बढ्ने बिज्ञहरुको भनाइ छ । यो फल प्रयोग गरेर कयौ भेराइटी बनाइ खान सकिने हुँदा नियमित खान सके अझ राम्रो छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु