• पछिल्लो २४ घन्टामा कोरोना भाइरसका थप ११ सय ११ जना संक्रमित थपिए

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार १६:३१

    काठमाडौं, ११ भाद्र । नेपालमा कोरोना भाइरसका आज ११ सय ११ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ३५ हजार ५ सय २९ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

    आजसम्म २० हजार ७३ जना संक्रमणमुक्त भएका छन् । आज ५६९ जना संक्रमणमुक्त भएको डा. गौतमले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु