• होम डेलिभरी र टेक अवे सेवा प्रदायक प्रहरी नियन्त्रणमा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार १९:१२

    काठमाडौं – निषेधाज्ञाको समयमा विभिन्न सामग्रीको टेक अवे तथा होम डेलिभरी सेवा दिनेलाई प्रहरीले पक्राउ गरेको छ ।

    अनलाइन माध्यमबाट माग भएका खानेकुरा तथा अन्य वस्तु डेलिभरी गर्न हिँडेका व्यवसायीलाई प्रहरीले सडकमै नियन्त्रणमा लिई होल्डिङ जोनमा राखेको छ ।

    राजधानीको मुख्य चोकहरुमा बनाइएका होल्डिङ जोनमा उनीहरुलाई राखिएको छ । विभिन्न  टेक अवे र होम डेलिभरी गर्ने व्यवसायी प्रहरी नियन्त्रणमा रहेका छन् ।

    विभिन्न कम्पनीको खाद्य वस्तु डेलिभरी गर्ने दर्जन हाराहारी डेलीभरीकर्तालाई पनि प्रहरीेले नियन्त्रणमा लिई होल्डिङ जोनमा राखेको छ ।

    उनीहरुलाई केहीबेर राखेर घर पठाइने गरेको छ ।

    महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले उपत्यकामा जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको निषेधाज्ञाको आदेशमा टेक अवे र होम डेलिभरी सेवा पनि बन्द गर्ने उल्लेख भएकाले उक्त आदेश कार्यान्वयन गरेको प्रतिक्रिया दिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु