दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

फ्राइडे नाइट” भिडियो सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ भाद्र ११ गते, बिहीबार २१:४७

काठमाडौ  ।गायक सन्तोष बस्न्यातको नयाँ गीत “फ्राइडे नाइट” भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘फ्राइडे नाइट’ बोलको गीतमा राज कुमार बस्नेतको संगीत तथा गायक सन्तोष बस्न्यातको स्वर, शब्द, रचना रहेको छ। रिकेश गुरुङले संगीत संयोजन गरेको गीत रमाइलो बनेको छ । लामो समय बेलायतमा संगीत अध्ययन गरेर फर्केका सन्तोष बस्न्यातले हालै नेपाल पर्यटन बोर्डले आयोजना गरेको टुरिजम भिडियो प्रतियोगितामा ‘भिजिट नेपाल’ बोलको गीतबाट दित्तीय स्थान हासिल गर्न सफल भएका थिए।

अबिनयको डिओपी र प्रमेश श्रेष्ठको छायांकन रहेको भिडियोमा कन्सेप्ट अनुपको रहेको छ। भिडियोलाइ सौगात मान सिंह बस्नेतले निर्देशन तथा सम्पादन गरेका छन्। भिडियोमा बिबेक कर्माचार्य र अभिलाषा शर्मा फिचर्ड छन्। बस्न्यातले अलिक समय अघि मात्र ‘लुक्ला’नामक गीत सार्वजनिक गरेर सोलुखुम्बुको चित्रण गरेका थिए। उनका यस अघि ‘आमा’,बोलको गीत र दुइ वटा कमेडी एल्बम खट्टो पिरो र आइया आथ्था सार्वजनिक भई सकेका छन्। हालै मात्र उनले लीला नामक सांगीतिक एल्बम पनि सार्वजनिक गरेका थिए।

बेलायत स्थित भारतीय बिद्या मन्दिरमा उनले गायिका तथा प्रसिक्षक स्वानन्द कर्माकरसंग ६ वर्ष शास्त्रीय संगीतको अध्ययन गरेका छन्। बस्न्यात निरन्तर नेपाली संगीतमा लागेर अझै नयाँ नयाँ गीत सिर्जना गर्ने योजनामा रहेका छन्। ‘फ्राइडे नाइट’ बोलको गीतको भिडियो ओएसआरको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ। मंगलवार सार्वजनिक भिडियोलाई यु ट्युबमा हेर्ने जति दर्शकले राम्रो प्रतिक्रिया दिएका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु