• अर्चना स्याङ्तानको स्वरमा “जाँउ हिड सिन्धुली” (भिडियो सहित)

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार १०:४७

    काठमाडौ ।राम गोपाल श्रेष्ठ र राजु श्रेष्ठको संयुक्त प्रस्तुती मात्रिभुमीप्रति समर्पित “जाँउ हिड सिन्धुली” बोलको गीत सार्बजनिक भएको छ ।
    काठक्षेत्रमा एकछत्र राज गरेकी सदावहार गायिका अर्चना स्याङ्तान र लोकप्रिय गायक तथा सर्जक जनक लामा र राम गोपाल श्रेष्ठको संयुक्त आवाज रहेको यस गीतमा देबेन्द्र लामिछानेको शब्द रहेको छ भने रामचन्द्र घतानीको संगीत रहेको छ ।
    “जाँउ हिड सिन्धुली” बोलको यस गीतले सिन्धुलीको पर्यटन क्षेत्रलाई विश्वमाझ पु¥याउन मद्दत पुग्ने आशा गरिएको छ । यस गीतले सिन्धुलीको हरेक ठाँउलाई चिनाउन सहयोग गरेको छ ।
    शिशीर बुढाथोकीको निर्देशन रहेको उक्त गीतको म्युजिक भिडियोमा राजु श्रेष्ठ, बिपना भुजेल, अनिल तामाङ्ग र आयुशा कार्की ले अभिनय गरेका छन् ।

    गीतको भिडियो हेर्नका लागी तल क्लिक गर्नुहोस ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु