• गण्डकी प्रदेशमा थप १७ जनामा कोभिड-१९ को संक्रमण पुष्टि

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार ११:०४

    पोखरा । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा संक्रमितको संख्या २ हजार २२ पुगेको छ ।

    क्षयरोग उपचार केन्द्र,पोखरामा गरिएको परिक्षणमा शुक्रबार ७ महिला र १० जना पुरुषमा संक्रमण देखिएको हो ।

    आज संक्रमित हुनेमा नवलपरासी (बर्दघाट सुस्ता पुर्व) का ८ जना, लमजुङका २ जना, तनहुँका ४ जना र कास्कीका ३ जना छ्न् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु