बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउन सम्पदा अनुसन्धान सदनको शुभारम्भ तथा पुस्तक विमोचनसुष्मा र अस्मिता सेमिफाइनलमाच्याम्पियनसीप एमेच्योर सदभावलाई उपाधिनेपाल भलिबल संघ र केल्मीबीच तीन वर्षका लागि नयाँ सम्झौताराष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपतिलाई निमन्त्रणाजनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले विशाल जनप्रदर्शन गर्नेग्रील तथा स्टील ब्यवसायीहरुको फुटबल महासंग्राममा सानोभर्याङ ठुलोभर्याङ इकाई विजयीआज चैत १६ गते शुक्रबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफलसंचारकर्मी रिजाल सक्रिय राजनीतिमामहिला, बालबालिकामन्त्री र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट

नुवाकोट गोर्स्याङका दुई दर्जन नेकपा नेता कार्यकर्ता कांग्रेस प्रवेश

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ भाद्र १२ गते, शुक्रबार १३:४५

नुवाकोटको तारकेश्वर गाउँपालिका ५,गोर्स्याङबाट सत्तारुढ नेकपाका नेता कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस तारकेश्वर गाउँपालिका कार्यसमितिले आयोजना गरेको पार्टी प्रवेश तथा नवप्रवेशीको स्वागत कार्यक्रममा तत्कालीन माओवादी केन्द्रका गोर्स्याङ गाउँ कमिटी अध्यक्ष केदार घिमिरे, सोही कमिटीका सचिव तथा गत निर्वाचनमा वडा अध्यक्षका उम्मेदवार रहेका हर्कम तामाङ, स्थानीय नेता सन्तमान तामाङलगायत दुई दर्जन नेता कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका हुन् । नवप्रवेशी नेता कार्यकर्तालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संघीय सांसद बहादुरसिंह लामा र नेपाली कांग्रेसका महासमिति सदस्य रमेशकुमार महतले संयुक्त रुपमा खादा र माला लगाएर स्वागत गरे ।

नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै कार्यक्रमका प्रमुख अतिथि रहेका सांसद लामाले देशैभर अन्य पार्टीका नेता कार्यकर्ता कांग्रेस प्रवेश गर्ने लहर चलेको भन्दै जनताले कुन विकास गर्ने पार्टी हो र कुन गफमा मात्रै भुल्याउने पार्टी हो भन्ने राम्ररी चिनिसकेको बताए । नवप्रवेशीहरुलाई पार्टीमा यथोचित सम्मान र आफ्नोपन मिल्नेमा विश्वस्त हुन आग्रह गर्दै सांसद लामाले व्यावहारिक रुपमै त्यस्तो अनुभव गराउन पार्टीका स्थानीय नेता कार्यकर्तालाई निर्देशन दिए । उनीहरुलाई छिटै हैसियतअनुसारको पदीय जिम्मेवारी दिइनेसमेत उनले बताए ।

महासमिति सदस्य महतले नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै लकडाउनको समयमा पनि यसरी उत्साहप्रद रुपमा पार्टी प्रवेशको वातावरण बनाएकोमा स्थानीय पार्टीपंक्तिको प्रशंसा गरे । कांग्रेस प्रवेश गरेकाहरुलाई पार्टीमा सम्मानजनक व्यवहारका साथ उचित जिम्मेवारी र संरक्षण प्रदान गरिने बताउँदै उनले ढुक्क भएर आजैदेखि पार्टीका गतिविधिमा क्रियाशील रहन आग्रह गरे ।
कार्यक्रमलाई जिल्ला समन्वय समितिका संयोजक सन्तमान तामाङ, नेपाली कांग्रेसका जिल्ला सचिव सुरेन्द्रराज अधिकारी, जिल्ला प्रवक्ता राजु थापा, कांग्रेस नुवाकोट क्षेत्र नं. २ का सभापति जगत तामाङ, म्यागङ गाउँपालिका अध्यक्ष आशा तामाङ, सूर्यगढी गाउँपालिका उपाध्यक्ष मञ्जु बुढाथोकी लगायतले सम्बोधन गरे ।

कार्यक्रममा स्वागत मन्तव्य राखेका जिपी कोइराला फाउन्डेसनका जिल्ला उपाध्यक्ष तथा समाजसेवी शिव अधिकारी अविरलले नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै पार्टी प्रवेशको अभियानमा सहयोगी भूमिका निर्वाह गर्न पाएकोमा खुसी व्यक्त गरे । आमजनतामा कांग्रेसप्रतिको विश्वास र आकर्षण बढाउन आफूलगायत पार्टीका साथीहरु निरन्तर सामाजिक सेवामा जुटिरहेको स्मरण गर्दै उनले सामूहिक प्रयासमा आगामी दिनमा पनि पार्टी प्रवेशको लहर कायम रहने विश्वास व्यक्त गरे ।

कार्यक्रमका सभापति नेपाली कांग्रेस तारकेश्वर गाउँपालिका संयोजक होमबहादुर तामाङले केही साथीहरुको सामूहिक प्रयासले पार्टी प्रवेशको अभियान सार्थक भएको भन्दै यो अभियानमा साथ दिने सबैप्रति धन्यवाद प्रकट गरे । यस्तो विषम परिस्थितिमा पनि पार्टी प्रवेश कार्यक्रममा जिल्लाभरका नेता कार्यकर्ताको उत्साहजनक सहभागिता रहेकोमा खुसी व्यक्त गरेका सभापति तामाङले अझै थुप्रै साथीहरु पार्टी प्रवेशमा इच्छुक रहेको भन्दै अहिलेको समय त्यति अनुकूल नरहेकाले बिस्तारै उचित वातावरण बनाएर उनीहरुलाई प्रवेश गराउँदै जाने बताए ।
सामाजिक दुरी कायम गर्दै पार्टी कार्यालय परिसरमा गरिएको कार्यक्रममा जिल्लाभरिका नेता कार्यकर्ताको बाक्लो उपस्थिति थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु