• देशभर पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ९ सय २७ जना संक्रमित थपिए

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार १६:३३

    काठमाडौं, १२ भाद्र। नेपालमा कोरोना भाइरसका आज ९ सय २७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ३६ हजार ४ सय ५६ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

    आजसम्म २० हजार २ सय ४२ जना संक्रमणमुक्त भएका छन् । आज १६९ जना संक्रमणमुक्त भएको डा. गौतमले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु