• पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४ सय १५ जना कोरोना संक्रमित थपिए

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार १६:५२

    काठमाडौं, १२ भाद्र । काठमाडौं उपत्यकामा आज एकै दिन ४ सय १५ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ९ सय२७ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ४ सय १३ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १० हजार २ सय २२ जनाको पिसीआर परिक्षणमा ९ सय २७ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

    त्यसैगरी आज २४ घन्टामा १६९ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या २० हजार २ सय ४२ रहेको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका ३५० जना र ललितपुरका ११ जना र भक्तपुरका ५४ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ३६ हजार ४ सय ५६ पुगेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु