
काठमाडौं ।नेपालमा थप ८८४ जनामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
शनिबार नियमित प्रेस बृङमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४२ महिला र ६४२ पुरुषमा संक्रमण देखिएको जानकारी दिएको हो ।
आज १० हजार ९७१ जनाको नमुना परिक्षण गरिएकोमा उनीहरुमा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । योसंगै संक्रमितको संख्या ३७ हजार ३४० पुगेको छ ।
यसैगरी, पछिल्लो २४ घन्टामा थप ३१३ जना कोरोना संक्रण मुक्त भएका छन् । योसंगै संक्रमण मुक्त भई निको हुनेको संख्या २० हजार ५५५ पुगेको छ ।
हाल देशभर कोरोना सक्रिय संक्रमितको संख्या १६ हजार ५७८ रहेको छ ।


