दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

वडाको पहलमा जनमैत्री अस्पतालमा कोरोनाको सेवा सोमबारबाट सुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ भाद्र १३ गते, शनिबार १७:३५

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ को आग्रहमा बालाजुको जनमैत्री अस्पतालमा कोरोना भाइरसको उपचार सुरु हुने भएको छ ।
वडाध्यक्ष मुकुन्द रिजालले वडाको पहलमा नै सोमबारबाट सेवा सुरु हुन लागेको बताए । ‘संक्रमितको व्यवस्थापनमा केही सहज गर्न सकिन्छ कि भनेर पहल गरेका थियौं, अस्पतालमा सेवा सुरु गर्ने भएपछि निकै आशा पलाएको छ ’ उनले भने । साउन ३२ गते वडाले कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्रलाई अस्पताल सञ्चालन गर्न अनुरोध गर्दै पत्र पठाएको थियो । सरकारले केही दिनअघि योसहित अन्य दुई अस्पताललाई कोरोना रोकथाम र उपचार गर्न अनुमति दिएको थियो । वडाकै बालाजुमा रहेको यो अस्पतालमा सबै सुविधाले उपयुक्त भएकाले पनि अस्पताल सञ्चालन गर्नुपर्ने वडाध्यक्ष रिजालले बताए । साउन २९ गते अस्पतालका सञ्चालकलाई पत्र लेख्दै वडाध्यक्ष रिजालले सञ्चालनका लागि सहज वातावरण मिलाइदिन आग्रह गरेका थिए ।
वडाले आवश्यक सहयोगका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जिल्ला प्रशसन कार्यालय काठमाडौं, काठमाडौ महानगरपालिकाका साथै सम्वन्धित अन्यलाई पनि अनुरोध गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु