• हंगर रिलिफ क्याम्पेन निरन्तरता

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार १९:००

    काठमाडौं । कोरोना माहामारीका कारण दैनिक गुजारा चलाउन नसकेर अप्ठ्यारोमा परेका श्रमजिवी तथा अपाङ्गता,विपन्न परिवारलाई लक्षित गरेर सहयोगमा संघसंस्था जुटन थालेका छन ।

    सामाजिक उत्तरदायित्वको भावना सहित समाज सेवा गर्ने उदेश्य का साथ ग्यास्ट्रोनोमी लोकल्ली एण्ड ग्लोबल्ली क्याम्पेनका अभियन्ता पछिल्लो समय नेपाली फुड गुरुबाट सम्मानित सुरेशचन्द्र बस्नेतको पहलमा नेपाली फुडगुरू टिभि सो र लायन्स क्लब अफ काठमाडौ प्रयास नगर को आयोजनामा काठमाडौ गंगवु स्थित भयालि किचेन फयामेली रेस्टुरेन्टबाट शुरूवात भएको हंगर रिलिफ क्याम्पेन निरन्तरता दिईएको छ ।

    बोधिसत्वका सुप्रिम मास्टर हेगुवाङ शी साथै लकडाउन फुड च्यारिटीका संयोजक शान्त शर्मा खाद्य सहयोग मा ग्लोबल नेप्लिज सेफ फेडेरेशनको कुकिङ संयोजकत्वमा र शेराटोन कुलनेरी होटल म्यानेजमेन्ट टेडिङ सेन्टर मीनभवन को सहकार्यमा खाना उपलब्ध गराईरहेको छ।

    कान्ति बाल अस्पताल उपचाररत आर्थिक अवस्था नाजुक भएका बिरामी बालबालिका र कुरूवा हरूलाई केहि मात्रामा सहयोग पुगोस् भनेर निशेज्ञा अवधि सम्मको लागि खाना बितरण गरिने जानकारी अभियान्ता बस्नेत ले जानकारी दिनु भयो ।


    बिश्वब्यापी चर्चामा रहेका पेस्ट्री सेफ सरोज थापा र होटल सोल्टीमा कार्यरत(सु सेफ) नेपाली सन्तुलित आहारका बारेमा कलम चलाउदै आउनुभएका आर बि बुढाथोकी साथै लायन्स क्लब अफ काठमाडौ प्रयास नगर को आर्थिक सहयोग सगै हंगर रिलिफ क्याम्पेन शुरूवात गरिएको थियोे ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु