दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

भारतको – Madhya Pradesh को Bageshwari Music Concert & Group साथमा तबला सोलो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ भाद्र १४ गते, आईतवार ९:३२

भाद १४, काठमाडौ । भोलि नेपाली समय अनुसार सांझ ५ः४५ बजे नेपालका बरिष्ठ तबला बादक पं अच्युतराम भण्डारीले भारतको Madhya Pradesh को Bageshwari Music Concert & Group साथमा Facebook page

https://www.facebook.com/BAGESHWARIMUSICCONCERTARPITMISHS

मार्फत त्रितालमा बिलम्बित र दु्रत लयमा आधारति तबला सोलो बादनको लाइभ प्रस्तुती गर्नु हुने भएको छ ।
विश्वभर महामारीको रुपमा फैलि रहेको कोरोना महामारी कोभिड १९ को विश्वभर भएको असर स्वरुप नेपालमा पनि हालसम्म कोरोना संक्रमितको संख्या दिनानुदिन बढदो छ । गत वर्ष डिसेम्बरमा चीनको बुहानबाट फैलिएको कोरानोको कहर हाल विश्वको सवै मुलुकमा देखि सकेको छ । नेपालमा पनि कोरोनाको कारणले हालसम्म २ सय ८ जनाको मृत्यु भइ सकेको छ भने संक्रमितको संख्या ३७ हजार ३ सय ४० पुगेको छ ।

नेपालमा कोरोनाकै कारण गत चैत्र ११ गते देखि लक डाउन शुरु भइ जेठ २० सम्म रहयो । पुन कोरोनाको संक्रमण बढदै गए पछि नेपालको विभिन्न ठाँउमा पुन लक डाउन र निशेधाज्ञा शुरु भएको छ । काठमाडौंमा उपत्याकामा पनि कोरोना संक्रमितको संख्या बढेसंगै गत भदौ ४ गते देखि लक डाउन र निषेधाज्ञा देखि लागु भएको छ र यो अवधि बढदै भदौ १७ गते सम्म पुगेको छ ।

कोरोनको रोकथामको लागि हालसम्म कुनै औषधि प्रयोगमा नआएको कारणले दिनादिन जनजीवनमा एक किसिमको डर त्रास पनि पैदा भएको छ ।
कोरानाकै कारण हाल संगीत क्षेत्रमा लाग्ने कलाकारसंगै शास्त्रीय संगीतका साधकहरुमा पनि पीडित भएका छन । यो समय नियमित हुने गरेका संगीत कार्यक्रम र स्टेज सोहरु पनि हुन सकेका छैन । यसबाट संगीत पारखी को लागि प्नि निरास हुन पुगेका छन ।
तर बन्दाबन्दीको समयमा डिजिटल माध्यम फेसबुकबाट भारतको Madhya Pradesh को Bageshwari Music Concert & Group ले आफनो फेसबुक पेजको माध्यमबाट नेपालका बरिष्ठ तबला बादक पं अच्युतराम भण्डारीलाई भोलि भदौ १५ गते तदनुसार अगस्ट ३१ सोमबार सांझ ५ः ४५ बजे लाइभ कार्यक्रममा समेटने भएको छ । पं भण्डारीले भोलि हुने लाइभ कार्यक्रममा त्रितालमा बिलम्बित र दु्रत लयमा आधारित तबला सोलो बादनको लाइभ प्रस्तुती राख्नु हुने भएको छ ।

कोरोनाको कारणले लक डाउनमा घरमै बसि सदैव नकारात्मक समाचार सुनेर मानसिक तनाबमा परेका आम नागरिकलाई आध्यात्मिक र संगीत श्रवणबाट आफनो ध्यान केही समयको लागि अन्यत्र केन्दित गर्न यस खालको संगीत कार्यक्रमले केही हदसम्म राहत दिन सक्ने आशा अनुरुप Madhya Pradesh को Bageshwari Music Concert & Group ले कार्यक्रमको आयोजना गरिएको जनाएको छ ।
साथै कोरोनको कारणले एक देशले अन्य देशमा कार्यक्रम गर्न नसकि रहेको अवस्थामा भारत र नेपालका कलाकारहरुको सामुहिक थालनीले दुइ देश बिचको सांगितिक मित्रतालाई अझ दिगो बनाउन सहयोग पुग्ने आशा गर्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु