• लकडाउन खुल्नेबित्तिकै ‘प्रिन्सेस’ वाइन बजारमा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १४ भाद्र २०७७, आईतवार १२:४३

    काठमाडौं । धनकुटाको राजारानीमा रहेको माउण्ट एभरेष्ट वाइनरी उद्योग तथा कम्पनीले ‘प्रिन्सेस वाइन’ बजारमा ल्याउँदैछ ।
    कम्पनीले लकडाउन खोल्नेबितिकै बजारमा लञ्च हुने जनाएको छ । उक्त वाइन नेपाली बजारमा मात्र नभएर अन्तर्राष्ट्रिय बजारहरुमा समेत पु¥याउन लागिएको कम्पनीका प्रवन्ध निर्देशक विष्णु बास्तोलाले बताए । किबि फल तथा अन्य फलफूलहरूको मिश्रणबाट प्रिन्सेस वाइन बनाउनको लागिएको निर्देशक बास्तोलाले जनाएका छन् ।
    धेरैजसो फलफूलहरुले बजारमा उचित मूल्य नपाउँदा त्यसै खेर गइरहेको अवस्थाले गर्दा पनि कृषकहरूको परिश्रमलाई पहिलो प्राथमिकतामा राखेर उत्पादन शुरु गर्न लागिएको उनको भनाई छ । फलफूलहरुको सही तरिकाले प्रयोग गरी यो वाइन कम्पनीले जनाएको छ । उक्त वाइन नेपालमा आएपछि थुप्रै कृषकहरुले रोजगारी पाउने र नेपाललाई पनि केही हदसम्म आर्थिक टेवा पुग्ने विश्वास कम्पनीले गरेको छ । यो वाइन नेपालमा पहिलो कम्पनीको रुपमा स्थापना हुन लागेको अध्यक्ष बास्तोलाले दावी गरेका छन् । अहिलेको असहज अवस्थामा पनि कम्पनीले ५० जनालाई प्रत्यक्ष रुपमा रोजगारी दिइरहेको जनाइएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु