कोरोना नियन्त्रणको लागि कर्मचारीबाट १५ लाख रुपैयाँ सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ भाद्र १४ गते, आईतवार १३:४३

काठमाडौं । निजामती कर्मचारीहरुको आधिकारिक टे«ड युनियनले सरकारद्वारा गठित कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)लाई १५ लाख रुपैयाँ उपलब्ध गराएको छ । युनियनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले संकटका बेलामा थोरै भएपनि रोकथामका लागि संस्थाको तर्फबाट सहयोग गरिएको बताए । युनियनले केन्द्रका संयोजक उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलालाई सो चेक हस्तान्तरण गरेको हो ।
युनियनकी कोषाध्यक्ष सिन्धु पाण्डले युनियनले पटक–पटक विभिन्न समस्यामा आफूहरुले सहयोग गर्दै आएको बताइन् । उनले यसअघि पनि भूकम्प पीडितलाई, बाढीपीडितलाई र अन्य संकटमा परेकालाई सहयोग गर्न सरकारलाई यसरी नै रकम उपलब्ध गराएको समेत बताएकी छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु