• सोलुदुधकुण्ड युथ क्लबमा तामाङको नेतृत्व

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १४ भाद्र २०७७, आईतवार १५:१५

    सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाभित्र समाजसेवा र विकास निर्माणका कामहरूलाई प्राथमिकता दिँदै आएको सोलु दुधकुण्ड यूथ क्लबमा क्षितिज तामाङको अध्यक्षतामा चयन भएको नयाँ नेतृत्वलाइ नेपाल लोकतान्त्रिक खेलकुद संघ सोलुखुम्बुले बधाई ज्ञापन गरेको छ ।
    संघका जिल्ला अध्यक्ष निरकुमार शर्माले सामाजिक सन्जालमार्फत अध्यक्षमा तामाङसहितको निर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना व्यक्त गरेका हुन् । उनले नयाँ नेतृत्वले क्लबलाई जिल्लाकै अग्रणी बनाउन उदाहरणीय काम गर्ने विश्वास व्यक्त गरेका छन् । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै शनिबार सोलुदूधकुण्ड नगरपालिका–५ सल्लेरीस्थित आफ्नै कार्यालयमा सम्पन्न अधिवेशनबाट तामाङको अध्यक्षतामा क्लबले १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । क्लबको उपाध्यक्षमा सुरेश सोनाम (बारिस सोनाम), सचिबमा मदनश्रेष्ठ र सहसचिबमा श्यामध्वज राई र कोषाध्यक्षमा विनोद परियार चयन गरिएको क्लबका निवर्तमान अध्यक्ष तेजराम परियारले जानकारी दिए । कार्य समितिमा तीन सदस्य भने पछि मनोनीत गरिने क्लबले जनाएको छ ।
    यसैबीच क्लब र सोलु हेल्थ केयर सेन्टरको सहकार्यमा थाइराइड सम्बन्धी रोगको उपचार सुरु गरिने भएको छ ।हेल्थ केयर सेण्टरको कार्यालयबाट प्रदान गरिने सेवाको सोलुदुधकुन्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले आइतबार उद्घाटन गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु