• पछिल्लो २४ घन्टामा देशभर थप कोरोना भाइरसका १२ सय २१ जना संक्रमित थपिए

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १४ भाद्र २०७७, आईतवार १६:५०

    काठमाडौं, १४ भाद्र । नेपालमा आज कोरोना भाइरसका १२ सय २१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ३८ हजार ५ सय ६१ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

    देशभर संक्रिय संक्रमितको सख्या १७ हजार ५ सय १८ रहेको छ । आज अहिलेसम्मकै सर्वाधिक संक्रमित संख्या थपिएको हो । योसँगै अवस्था झन् भयावह हुने देखिएको छ ।
    आजसम्म २० हजार ८ सय २२ जना संक्रमणमुक्त भएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु