कपाल झर्नुको रहस्यहरू

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ भाद्र १५, सोमबार ०८:२५

काठमाडौ । कपाल झर्ने समस्याले धेरै मानिस तनावमा पर्ने गरेका छन् । विशेषगरी पुरुष कपाल झर्ने समस्याबाट हैरान भएको पाइन्छ । धेरैको गुनासो हुन्छ, मेरो उमेर नै पुगेकै छैन कपाल झरेर केही बाँकी छैन । आखिर किन झर्छ पुरुषको कपाल ? यसका केही वैज्ञानिक कारण यस्ता छन् –

  • धूमपान धूमपानका क्रममा निलिने निकोटिनको कारण पुरुषको रक्तनलीहरू खुम्चिन थाल्छ । रक्तनलीहरू खुम्चन थालेपछि शरीरमा अक्सिजनको मात्रासमेत घट्छ । जसका कारण कपाल झर्छ ।
  • औषधिको असर क्यान्सर, मुटु, उच्च रक्तचाप, डिप्रेसन, मधुमेहलगायत रोग निको वा नियन्त्रण गर्न अनेकौं औषधि खाने चलन छ । मानव शरीरको बनावटअनुसार औषधिको असर पनि फरकफरक तरिकाले देखिन्छ । औषधिको एउटा मुख्य असर कपाल झर्न पनि सक्छ ।
  • मद्यपान मद्यपान धेरै गर्ने पुरुषको शरीरमा टक्सिन बढ्दा आइरन, जिंक पानीको मात्रामा कमी आउन थाल्छ। जसका कारण पनि कपाल झर्ने समस्या सुरु हुन्छ । जुन धेरैले थाहा नै पाउँदैनन् ।
  • तनावयुक्त जीवन तनावले अन्य धेरै समस्या निम्ताइरहेका बेला कपाल झर्ने समस्या पनि निम्त्याउन थालेको छ । एक अध्ययनअनुसार तनाव बढ्दा शरीरको हर्मोनमा असन्तुलन पैदा भई कपालसमेत झर्न थाल्छ ।
  • रसायनयुक्त पदार्थको प्रयोग बजारमा पाइने अधिकांश रसायनयुक्त कस्मेटिक सामानहरू पाइन थालेको छ । रसायनयुक्त विभिन्न किसिमका हेयर जेल, कलर्स, सेम्फू, कन्डिसनरजस्ता पदार्थको प्रयोग गर्दा कपाल झर्छ ।
  • हर्मोन समस्या पुरुषहरूको कपाल झर्नेको अर्को साझा कारण एन्ट्रोजेनिक एलोपिका हो । शरीरमा डीएचटी हर्मोनको ब्यालेन्स बिग्रिँदा यस्तो समस्या हुन्छ ।
  • वंशाणुगत कारण कपाल झर्नु पुरुषको वंशाणुगत कारण पनि हो । विशेषगरी कपाल झर्छ भने त्यो वंशाणुगत कारण पनि हुन सक्छ।
  • अस्वस्थ खानपान व्यस्त जीवनशैलीको बहानामा हिजोआज अस्वस्थ खानपानमा बढी ध्यान जाने गरेको छ । त्यसमा पनि पुरुष धेरै छन् । छिटो कपाल झर्नुको कारण अस्वस्थकर खानपान पनि हो । आइरन, भिटामिन ए, प्रोटिन, जिंक, क्याल्सियमजस्ता पौष्टिक तत्त्वको कमीले पनि कपाल झर्छ ।
  • संक्रमण टाउकोको छालामा कुनै कारणले संक्रमण भयो भने कपाल झर्ने गर्दछ जुन पुरुषमा धेरै हुन सक्छ ।
  • चाया पर्नु विभिन्न कारणले चाया पर्ने समस्या पुरुषमा पनि व्याप्त छ । लगातार चाया पर्ने तर समाधानको उपाय खोजिएन भने कपाल झार्न सक्छ ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु