दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

वाध्यकारी श्रममा रहेका श्रमिकहरूको दैनिकी चुनौतीपूर्ण रहेको नागरिक समाजको दाबी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ भाद्र १५ गते, सोमबार १३:४६

काठमाडौं, १४ भाद्र- पहिलेदेखि नै आफ्ना आधारभूत अधिकारबाट वञ्चित रही वाध्यकारी श्रममा रहेका झन्डै ३२ हजार श्रमिकहरूको दैनिक जीवनमा कोभिड १९ महामारीले थप चुनौती थपेको सरोकारवालाहरूले बताएका छन् ।
सङ्घीय संसद्को उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित संरक्षण समितिको संयोजनमा स्वतन्त्रता अभियान नेपाल र बाध्यकारी श्रम उन्मूलन कार्य समूहले गत बिहीबार गरेको एक अनलाइन छलफलका क्रममा सांसद, अधिकारकर्मी तथा अनुसन्धाताहरूले यस्तो विचार व्यक्त गरेका हुन् ।

कार्यक्रममा सभापतीको आसनबाट बोल्दै सङ्घीय संसद्को उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित संरक्षण समितिका सभापती बिमल श्रीवास्तवले वाध्यकारी श्रममा रहेका तमाम श्रमिकहरूको दैनिक जीवनलाई सहज तुल्याउन समितीले सरकारलाई निर्देश गर्ने बताए ।

स्वतन्त्रता अभियानकी कार्यालय प्रमुख ऋतु भट्ट राईले हरुवाचरुवा लगायत वाध्यकारी श्रमका पुराना समस्याहरू समाधान नहुँदै आधुनिक दासत्वका नयाँनयाँ स्वरूपमा यस्ता समस्या थपिनु दुःखद् भएको बताइन् । यस्ता विषयमा नीतिगत छलफल गर्नका लागि कार्य समूहको स्थापना भएको बताउँदै उनले उक्त समूहले सांसद्, सरकारी अधिकारी तथा नागरिक समाजका संस्थासँग नियमित संवाद गर्दै समस्या समाधानको पहल गर्ने बताइन् ।

त्यसै गरी, अन्तर्राष्ट्रिय श्रम सङ्गठनका राष्ट्रिय परियोजना संयोजक नारायण भट्टराईले केही वर्ष अगाडि भएको राष्ट्रिय श्रम शक्ति सर्वेक्षणले करिब ३२ हजार नेपालीहरू जबर्जस्ती श्रममा रहेको आँकडालाई जोड दिँदै कोभिड१९ महामारीमा उनीहरूको अवस्थाबारे आफूलाई चिन्ता लागेको बताए । जबर्जस्ती श्रमका विविध मुद्दा सम्बोधन गर्न एकीकृत ऐन बनाउनुपर्ने पनि उनले माग गरे ।

राष्ट्रिय हलिया महासङ्घका अध्यक्ष ईश्वर सुनारले पनि यस मागमा सहमति जनाए भने कार्य समूहका संयोजक गणेश विकले नागरिक समाजको लगातारको पैरवीका कारण हलिया र कमैया मुक्ति सम्भव भए पनि हरुवाचरुवाको मुक्तिका लागि धेरै काम गर्न बाँकी रहेको बताए ।

कार्यक्रममा सहभागी सांसद्हरूले जबर्जस्ती श्रमको विषयमा आफूले अझ जोडदार आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा नेपाल ट्रेड युनियन महासङ्घका उपाध्यक्ष अधिवक्ता रमेश बडालले जबर्जस्ती तथा बँधुवा श्रमबारे नेपालका कानुनी व्यवस्थाबारे जानकारी दिएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु