• कल्याणकारी स्वयंसेवक संघ नेपाल सिन्धुपाल्चोक द्वारा पहिरो पिडितलाई राहत

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार १४:४८

    काठमाडौं। बिश्वब्यापी फैलिएको कोरोना संक्रमणका कारण देशभर नै जारी लकडाउनले विपन्न वर्ग देखि मध्यम वर्गसम्मलाई संकट पर्न थालेको छ। बाढी पहिरो थप लकडाउन माथि लकडाउन भएपछि संकट पर्न थालेको छ।

    यस संकटमा सहयोगी हातका रुपमा कल्याणकारी स्वयंसेवक संघ नेपाल सिन्धुपाल्चोक स्वयंम सेवक हरुको पहलमा विभिन्न सहयोगी दाताको हरुद्वारा गरिएको सहयोगवाट सिन्धुपाल्चोक जिल्ला त्रिपुरासुन्दरी गांउपालिका वार्ड नं २ सेलेले स्थित पहिरो पिडित ११ घरपरिवारलाई दैनिकी प्रयोग खाध्यान्न सामाग्री उपलब्ध गराएको छ।

    सिन्धुपाल्चोक जिल्लाका पांचै जना संस्थाका आजिवन सदस्यहरु: सिन्धुपाल्चोक अध्यक्ष ,सुकदेव रिजाल सदस्यहरु राजन राउत,शंखर तामाङ,सुर्य गुरूङ,सरोज गुरूङ र स्थानिय समाज अगुवा पान वहादुर गुरुङ र नेत्र जिरेल,युवा साथीहरु को उपस्थितिमा वडा अध्यक्षको रोहवरमा पिडितहरूलाई राहत बितरण गरिएको थियो।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु