• राजधानीको शुख सयल छोडेर गाउको गरीब बस्तीमा समाज सेवा गर्दै -नारायण कार्की

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार १५:००

    -आर.बि.बुढाथोकी

    रामेछाप जिल्लामा नारायण कार्कीलाई नचिन्ने कमै होलान । सामाजिक सेवाबाट गाउको स्तर उकास्न सकिन्छ भनी आफ्नो राजधानीको बसाइलाई बिट मारेर एक दुर्गम गाउमा जिबन यापन गरी रहेका नारायण कार्कीको गाउका बासिन्दाले मात्र होइन जिल्लाले नै एक प्रेरणादायी ब्यक्तीका रुपमा चिनाएको छ । धन कमाएर सबै शहर मुखी हुन थाले पछी सबैले आफु जन्मिएको प्रिस्टभुमिलाई बिर्सिएको यो अबस्थामा उहाले गर्नु भएको उधाहरनीय कामलाई सबैले खुलेर प्रसम्सा गर्न थालेका छन । स्थानिय तहको स्तर उन्नती गर्नका लागि शिक्षा सबै भन्दा महत्वपूर्ण सम्झेर उहाले आफ्नो जिबन भरको कमाइ लगेर आफ्नो गाउमा खनाउनु भएको छ र त अहिलेका बालबालिकाले आफ्नै घरको आटो पिठो खाएर अङ्रेजी माध्यमको बिद्यालयमा अध्ययन गर्ने अबसर पाएका छन । श्रदय समाज सेबी नारायण कार्कीको जन्म २०३५मा पिता दिल बहादुर काक्री र माता दिल कुमारी काक्रीको कोखबाट रामेछाप जिल्ला खाडदेबी गाउपालिकाको वार्ड न ६ गैराघरमा भएको हो ।

    उहाको प्राथमिक शिक्षा गाउकै श्री बुद्ध भवानी मा बि (त्यसबेला प्राथमिक तह मात्र) र उच्च माबी स्तरको अध्ययन दुई घण्टा हिंडेर पकरबासको प्रयागेश्वर पुगेर पुरा गर्नु भयो । क्याम्पस स्तरको अध्ययनका लागि राजधानी छिर्नु भएका काक्रीको जिबनका उतार चडाबको जिबनमा धेरै संघर्सका कहानी छन । राजधानी जस्तो महङगो र अपरिचित शहरमा उहाले भोग्नु भएका दुस्ख बेदनाका पानाहरु अनगिन्त्ती छन । जिबनले कुन समयमा कुन ठाउमा लगेर ठोक्याउछ भन्ने पाठ उहाले त्यसै समयमा पुगेर बुझ्नु भयो । उच्च शिक्षाला लागि भनेर रत्न राज्य क्याम्पसमा पत्रकारीता बिषय लिएर अध्ययन पुरा गर्नु भएकोमा त्यस समयमा जागिर पाउन सार्है मुस्किल थियो । आफ्नो अध्ययन अनुसारको पेशा नपाउदा उहाले अनेक किसिमको हन्डर खानु पर्यो र कुल्ली काम,ट्याक्सी चालक,कुखुरा पालन देखी भेटे जती सबै खालका पेशा गर्न थाल्नु भयो । पेशा फेर्दै जाने क्रममा होटल सङ्रिलामा तालिम गरेर दुबइको लि मेरिडियन गएर काम गर्न थाल्नु भयो ।यसै सिलसिलामा उहाको काम दुबइ वल्ड ट्रेड सेन्टर हुन पुग्यो र त्याहा दुबइ नेचुरल हिस्ट्री ग्रुपका अध्यक्ष अमेरिकन बैज्ञानीक गारी रिचार्ड फिउल्नरसँग भेट भयो । उहाको कार्य दक्ष्यता देखेर ति अमेरिकन नागरिकले उहालाई सस्थाको सदस्यता दिएर सँङगै काम गर्ने अबसर मिल्यो अनी उहाको जिबनले छुट्टै खालको टर्निङ पइन्ट पायो । ति अमेरिका नागरिकसँग उहाले धेरै भन्दा धेरै बोट बिरुवा र जनावरको बिषयमा अनुसन्धान गर्ने मौका लिल्यो । अमेरिकन बैज्ञानीक गारी रिचार्ड फिउल्नरसँगको सहकार्यमा कार्कीलाई अनगिन्ती अबसर आएका थिए तर त्यसलाई त्यागेर उहा सन २०१०मा आफ्नो मुलुक फर्कन भयो र आफुले सिकेका ज्ञान र अनुसन्धान आफ्नै गाउमा स्थापित गर्ने सोचका साथ लागि पर्नु भयो । १० बर्ष दुबइ बसाइमा उहाले खाडी देश लगायत अन्य देशहरुमा पनि अनुसन्धान गर्ने क्रममा घुम्ने मौका पाउनु भयो र बेला बेलामा आफ्नो ति अमेरिकन बैज्ञानीक लगायत धेरै बिदेशीलाई आफु जन्मेको ठाउँमा पुर्याउनु भयो र त्याहाको स्थितीलाई बुझाउने कोशीस गर्नु भयो । उनै बैज्ञानीकहरुको सल्लाह अनुसार उहाले आफ्नो गाउमा एउटा बोडिङग स्कुल खोल्ने निर्णय गर्नु भयो र आफ्नै घरबारी डोजर लगाएर सम्याउनु भयो । योजना अनुसार उहाले आफ्नो लक्ष्य पुरा गर्न दिन रात डटेर आजको स्थितीमा आइपुग्न सफल हुनु भयो ।

    एक दुर्गम गाउमा स्कुल सन्चालन गर्न शुरु गर्दा उहाले धेरै अबरोध र अलोचना सहनु पर्यो तर एक निडर भएर उहा आफ्नो लक्ष्यमा पुग्नेमा पूर्ण विश्वासका साथ लागि परेका कारण आज गाउमा आमुल परिवर्तन ल्याउन सफल हुनु भएको छ । सानो टहरोबाट शुरु भएको जि एन इङ्लिस बोडिङ स्कुल आज पक्की भबन,बस सेवा,होस्टेल र १० सम्मको अध्ययन गर्न सकिने स्थितीमा पुगेको छ । २८ जना कर्मचारीलाई रोजगार दिन पनि उहा सफल हुनु भएको छ । शहर सरहको शिक्षा र स्तर कायम राख्न उहाले राजधानीको सुख सयलको बिलासिलाई त्यागेर गाउको कुटीमा दिन रात बिताइ रहनु भएको छ । उहाको बोडिङ स्कुलमा खाडादेबी गाउ पालिका मात्र होइन अन्य चिमेकी पालिकाका बिद्याथीहरु समेत अध्ययन गर्न आउछन र घरबाट ओहोरो दोहोरो गर्न नसक्ने र बाउ आमा जागिरमा व्यस्थ हुनेका लागि स्थायी होस्टलको पनि ब्यब्स्था गरेर खाना बस्नको राम्रो चाजो पाजो मिलाउनु भएको छ । जेएन ईंग्लिश बोडिङ स्कुल बाहेक पञ्चायन कम्प्युटर इन्च्युट ,ॐ गायत्री परिवार दुर्गा नदि उत्तर खण्ड धार्मिक सस्था र दुर्गानदि कन्स्ट्रक्सन प्रा लि सन्चालन गरेर आफ्नो गाउमा सेवा पुर्याइरहनु भएको छ । उहाको उदार भाबना र निडर स्वभाबका कारण जस्तो सुकै बाधा अडचनलाई पनि सहज रुपमा स्वीकार गरेर अगी बढेकाका कारण आज सफल ब्यक्तीका रुपमा सबै सामु चिनिनु भएको छ । उहाकै प्रयास र सकारात्मक सोचका कारण गाउमा र गाउका बासिन्दा धेरै परिवर्तन सम्भब भएका उधाहरण देखिन थालेका छन । आफुले गरेका सम्पूर्ण कार्यलाई आफ्नो जिबन सङगिनी शान्ता कार्कीले हर बखत साथ र सहयोग पुर्याएको एक भेटमा बताउनु भयो । मैले सुखको जिबन रोजेको भए मेरो राजधानीमा घर छ आफ्नै ब्यवसाय थियो किन यो एक पटक छोडेको गाउमा आउनु पर्थ्यो र मैले आफ्नै समाजको भलाइका लागि यहाँ आएर लगानी खानाए, नाफामुखी हुन चाहेको भए शहर मै ब्यापारी बन्थे कार चडेर हिड्थे उहाले थप्नु भयो ।

    नारायण कार्कीले आपत बिपत पर्दा पनि गाउले र असाहयहरुलाई दिल खोलेर सहयोग पुर्याउनु भएको छ । २०७२ सालको भुकम्प जादा होस या कोरना महामारिमा होस उहाले आफ्नो ब्यक्तिगत खर्चमा धेरैलाई राहत बाढ्नु भएको छ जुन हाम्रो समाज सामु छर्लङ छ । स्थानिय चुनाव पछी गाउ गाउ शिङग दरबार पुगेपछी पनि उहाले आफुले सकेसम्म सरकारी निकायलाई सहयोग पुर्याउनु भयो । स्थानिय सुरक्षा सम्रचना निर्माणका लागि उहाले आफ्नो आफ्नो निजी जमिन निशुल्क रुपमा हतान्त्रण गर्नु भएको थियो तर पछी अन्तै सारेकोमा चित्ता दुखाउनु भयो । कोरनाको महामारिका समयमा स्थानिय सुरक्षा निकाय र गाउ पालिकाका कर्मचारीलाई माक्स,पिपी लगाएतका सामाग्री निशुल्क बितरण गर्नु भएको थियो जुन निकै सरहानिय कार्य थियो। धार्मिक कार्यमा पनि त्यतिकै सकृया रहेर गाउमा पाटी पौवा,मन्दिर,पधेरो,कुल घर लगायत बनाउन उहाले दिल खोलेर सहयोग गर्नु भएको छ । सम्पूर्ण युबाहरु शहर मुखी र बिदेशिएको यो अवस्थामा उहाले आफ्नो गाउको बिकास र उथ्थानका लागि गरिएको यो कार्यको जती गुण गाएनी अधुरो रहन्छ । साधा जिबन,सालिन ब्यक्तित्व नारायण कार्की जस्ता जागरुक युबा अझै गाउ फर्कनु जरुरी छ र मात्र गाउ बिकास हुनेमा दुई मत छैन । आफ्नो जिबनको अन्त सम्म गाउ मै रहेर सामाजिक कार्यमा लागि रहने उहाको अमुल्य सोच सधैं बाचिरहोस भन्ने सबैको आसय छ ।गाउ जती नै बिकास भए ता पनि गाउका मान्छेको सोचमा सकारात्मकता आएन भने कुनै अर्थ रहन्न तसर्थ उहाको सबै भन्दा ठुलो उदेश्य भने कै गाउका मान्छेको सोच बादलनु थियो जुन क्रमिक रुपमा भइरहेको छ जसमा उहा निकै खुशी ब्यक्त गर्नु हुन्छ । उहाको अतुलनिय कार्यको सरहना गर्दै गाउका बिभिन्न सरकारी,गैर सरकार,निजी संघ सस्था तथा तह तप्काबाट सम्मान स्वरुप दर्जनौ अभिन्दन र सम्मान पत्र दिएका छन।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु