• तेह्रौ राष्ट्रिय पुस्तकालय दिवसमा “समाज रूपान्तरणको लागि पुस्तकालय” बिषयमा बिशेष कार्यक्रम सम्पन्न

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार २०:५८

    चितवन । चितवन पुस्तकालय संघले अनलाईन भर्चुअल मिडिया मार्फत तेह्रौ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा “समाज रूपान्तरणको लागि पुस्तकालय” बिषयमा बिशेष कार्यक्रम सम्पन्न गरिएको थियो।

    चितवन पुस्तकालय संघका अध्यक्ष एकनारायण पौडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथिमा वीरेन्द्र बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दयाराम पौडेल हुनुहुन्थ्यो।

    सो कार्यक्रममा प्रमुख वक्ताहरु सह लाइब्रेरियन रुद्रबहादुर बोहरा , सहायक लाइब्रेरियन महेन्द्र प्रसाद अधिकारी , केन्द्रीय क्याम्पस काठमाडौँका भीमध्वज श्रेष्ठ , पि एन क्याम्पसका लाइब्रेरियन किशोर सुबेदी , पोखरा युनिभर्सिटीका लाइब्रेरी प्रमुख दुर्गा प्रसाद आचार्य र मिना डल्लाकोटी , एक्स कलेज बानेश्वरकी लाइब्रेरी प्रमुख अनिता भण्डारी पौडेल र जनता बहुमुखी क्याम्पस इटहरीकी टिका आत्रेय हुनुहुन्थ्यो ।

    साथै अन्य वक्ताहरु गीता भट्टराई , बरिष्ठ गजलकार धनराज गिरी र सम्पूर्ण किताबका प्रोपाइटर लेखराम सापकोटा हुनुहुन्थ्यो। कार्यक्रमको स्वागत मन्तव्य संस्थाकी कोषाध्यक्ष सम्झना रेग्मीले गर्नुभएको थियो भने कार्यक्रम संचालन संस्थाका उपाध्यक्ष पुष्प अधिकारी अञ्जलीले गर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु