• उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्बियाे

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार १८:०२

    काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञा थप एक साता थप भएको छ ।

    गृह मन्त्रायलसँग छलफल गरेपछि उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा एक साता थप्ने निर्णय गरेका हुन् ।

    भदौ ३ गते रातिदेखि उपत्यकामा जारी निषेधाज्ञा आज सम्म ३ पटक थपिएको हो । अब आगामी भदौ २४ गते सम्म निषेधाज्ञा रहने बताइएको छ ।

    गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले लकडाउन थपिएकोबारेमा एक घण्टापछि विस्तृत विवरण आउने जानकारी दिए। ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले यसबारेमा औपचारिक सूचना एक घण्टापछि जारी गरिने जानकारी दिएका छन्। काठमाडौं उपत्यकाभित्र दोस्रो पटक थप गरिएको निषेधाज्ञाको समय आज राति १२ बजेबाट सकिँदैछ। काठमाडौं उपत्यकामा कोरोना संक्रमणको संख्या बढेपछि निषेधाज्ञा गरिएको थियो।

    मंगलवार तीनवटै जिल्ला प्रमुख जिल्ला अधिकारीको भर्चुअल मिटिङले विभिन्‍न विकल्पसहित सहमतिमा निषेधाज्ञाको मोडालिटी गृहमा पठाइएको थियो। दुई सातादेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो बनाउन सरकारले उपत्यकाका जिल्ला प्रशासन कार्यालय प्रमुखहरुलाई निर्देशन दिएको थियो। थप गरिएको निषेधाज्ञामा निर्माण सामाग्री बोक्ने सवारी साधन संचालन गर्न दिने छलफल भएको छ। त्यस्तै, अत्यावश्यक सामाग्री खरीद गर्न दिइएको समयलाई पनि थप गरिएको स्रोतले जनाएको छ

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु