अदितीले यसपाला
मत्र्यलोकमा कोभिड फैलियो भनेर
छोरो मर्ला भन्ने डरले
पारिजातको फूल टिप्नै पठाइनन् ।
विउ विजनको काम गर्ने
ज्याःपू दाईले फूल रुङ्नै परेन
तान्त्रिक गुभाजुले
हनुमानढोकामा
चोरलाई पाता कसेर वाँध्नै परेन
किनकी अदितीले फूल टिप्नै पठाइनन् ।
देवेन्ल्र कतै नगएपछि
एैरावत भौँतारि नै परेन
लाखेले देवेन्द्रलाई
टोल,टोल–गल्लि, गल्लिमा
खोज्नै परेन
कसले कहाँ थुन्यो ?
त्यसको संहारगर्छु भनेर
शहरभरि तरबार नचाउनै परेन
भैरब चुपचाप सुते
महाकालिले दुःख गर्नै परेन
महालक्ष्मी पनि आराम गर्दैछिन्
किनकी यसपाला अदितीले फूल टिप्नै पठाइनन् ।
यसपाला पनि सबै भन्दा ठूलोडर
उैरावतलाई थियो
छरो नभेटिएमा
तेरो बास मत्र्यलोकमै हुनेछ
अदितीले धम्क्याएकी थिइन् उसलाई
दौबाटो,चौबाटो–चोक,चोक–रघर–घरमा घुससेर पनि
नभेटिएलान् की भन्नेडरै रहेन
इन्द्रलोकमा बास नपाइएला भन्ने त्रास रहेन
भय रहित भएर मस्त सुतिरहेछ
किनकी अदितीले यसपाला फूलटिप्नै पठाइनन् ।
—आर्यालय