• मानिसको जीवन बचाउन रक्तदानतिर लागे समाजसेवी कुँवर

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार १६:२६

    काठमाडौं । चक्रपथ सफाई अभियानका प्रमुख अभियन्ता ताराबहादुर कुँवरको सक्रियतामा बुधबार रक्तदान भएको छ ।
    वाफलमा आयोजित कार्यक्रममा २४ जनाले रक्तदान गरेको उनले जनाए । ‘अहिले सबैतिर रगतको अभाव भएको थाहा पाएँ त्यसैले यो नयाँ काम गर्ने जाँगर चल्यो’ उनले भने ‘रगतको अभावमा कतिपय मानिसको ज्यान नै जोखिममा परेका समाचार आएपछि उनीहरुको जीवन बचाउन यो अभियान थालेको हुँ ।’ नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य कुमार थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रक्तदान गर्न आएका केही व्यक्तिले भने स्वास्थ्यका कारण रक्तदान गर्न नपाएको कुँवरको भनाई छ । उनले हरेक साता रक्तदान गरिने बताए । उनले यो असहज अवस्थामा रक्तदान गरेर आफूले पुण्य कमाउन र मानिसको जीवन बचाउनका लागि पहल गर्नसमेत सबैलाई अनुरोध गरेका छन् । उनले रक्तदान गर्ने चाहना भएकाले (९८५१०९३४२५) मा सम्पर्क गर्न भनेका छन् । उनी समाजमा जे खाँचो पर्छ त्यही गर्ने भएकाले अहिले रक्तदानको आयोजना गर्नुपरेको बताउँछन् ।
    हेभी ईक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष, हजुरलाई नमस्ते ट्रेड लिंकका सञ्चालक कुँवरले कोरोना भाइरसको त्रासका कारण सरकारले गरेको लकडाउनमा पनि आफ्नै व्यक्तिगत तर्फबाट ११ सय ३५ जनालाई राहत स्वरुप खाद्यान्न वितरण गरेका थिए । उनले आफ्नै निवासमा १७ हप्तासम्म राहत उपलव्ध गराएको जनाए । ‘संकटका कारण खानै नपाउने समस्या कसैलाई नपरोस् भनेर थोरै भए पनि सहयोग गरेको हुँ’ समाजसेवी उनले भने ‘ एउटा मानिसलाई दुःख पर्दा अर्को मानिस चुपचाप बस्न मिल्दैन भनेर आफूसँग भए पनि नभए पनि उदार मनले राहत बाँडेको हुँ ।’

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु