दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एसईई दिएका विधार्थीहरुलाई सुनौलो अवसर, निशुल्क अनलाइन फारम भरी पाउनुहोस्, उपहार

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ भाद्र १८ गते, बिहीबार २०:५६

काठमाण्डौ । इ–कमर्स कम्पनी अनलाईन साथी डट कम र केपढ्नेको सहकार्यमा
एसइइ पास विधार्थीहरुलाई ‘अनलाईन शिक्षा सहयात्री योजना’ ल्याएको छ ।
उक्त योजना अन्तर्गत एसइइ पास भएका विधार्थीहरुलाई अनलाईन शिक्षा लिनलाई
सघाउ पुर्याउने उदेश्यले ल्यापटप, मोबाइल , क्यास भौचर तथा अन्य शैक्षिक
सामाग्रीहरु प्रदान गरिने भएको हो ।

हरेक बर्ष दुई पटक संचालन गरिने यो योजना यसपटक भने एसइइ पास
विधार्थीहरुमा केन्द्रित रहने स्रोतले जानकारी दिएको छ । यो योजनामा यस
पटकको एसइइमा पास हुने नेपालभरिका सम्पूर्ण विधार्थीहरु सहभागी हुन
सक्नेछन ।

कसरी सहभागी हुने ?

यो योजनामा सहभागी हुन एसइइ पास भएका विधार्थीले यस लिंकमा गएर
sahayatri.onlinesaathi.com आफ्नो विवरण भर्नुपर्नेछ । २०२० सेम्टेम्बर
महिनाको अन्त्यसम्म(असोज १४ गतेसम्म) सञ्चालन हुने यस योजनामा सहभागी
विधार्थीहरु मध्येबाट गोलाप्रथाद्वारा २०२० अक्टोबर महिनाको पहिलो हप्ता
(कार्तिकको पहिलो हप्ता) मा विजेताहरुको छनोट गरिनेछ ।

यी हुन उपहार
जस अन्तर्गत गोलाप्रथामार्फत एकजना विद्यार्थीलाई एउटा ल्यापटप, १०
जनालाई क्यास भौचर, १० जनालाई ल्यापटप ब्यागसँग आकर्षक उपहार र ५ जनालाई
ट्याब प्रदान गरिने अनलाइन साथी डट कमका अध्यक्ष मुकेश कुमार यादवले
जानकारी दिए ।

यस योजनाको माध्यमबाट नेपालमा अनलाईन शिक्षाको क्षेत्रमा शैक्षिक संस्था
,विधार्थी, अभिभावकहरुलाई सहयोग तथा उतप्रेरणा पुग्ने विश्वास लिएको
अध्यक्ष यादवको भनाइ छ ।

अनलाइन साथीडट कमको लिङ्क sahayatri.onlinesaathi.com खोलेर उक्त
विवरण भर्न सक्नुहुनेछ ।

अनलाईन साथी

स्थापनाको बर्षमा नै आफ्नो एउटा अलग पहिचान बनाउन सफल ‘अनलाईन साथी’
नेपाल भरिनै सेवा दिइरहेको इ–कमर्स कम्पनी हो । उक्त कम्पनीमार्फत
अनलाइनबाट अर्डर गरिएका इलेक्ट्रोनिक्स ग्याजेट,लत्ता
कपडा,कस्मेटिक्स,किचेन सामग्री लगायत विभिन्न सामग्री नेपालको जुनसुकै
ठाउँमा होम डेलिभर गरिदै आएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु