• कोरानो माहामारीमाः विद्यार्थीको मानसिक अबस्था कसरी सुधार्न सकिएला ?

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार ०७:२६

    रिना थापा।

    कोभिड १९,अर्थात कोरोना भाइरसको महामारीले विश्वभरका अधिकांश मानिसहरु आज पनि घर भित्रै बस्न बाध्य भएका छन् । करोडौ मान्छेहरुले आफ्नो रोजगारी गुमाएको अवस्था छ। आठलाख भन्दा बढीले ज्यान समेत गुमाएका छन्।

    विश्व भरका बालबालिकाले पठ्न–पाठन गर्ने विद्यालय र कलेजहरु पनि बन्द छन् ।

    विभिन्न उमेर समुहका सबै जसो विद्यार्थी हरुमा आज मनोवैज्ञानिक त्रासको वातावरण सृजना भई रहेको छ । शिक्षक र अभिभावकहरु पनि कोरोनाको महामारीबाट भयमुक्त हुन सकेका छैनन् । यस्तो परिस्थितीमा विद्यार्थी,अभिभावक र शिक्षकहरु बिच राम्रो र प्रभावकारी समन्वय नहुदा परिस्थिती झनै जटिल बन्ने सम्भावना दिनानुदिन बढ्दै गहिरहेको देखिन्छ ।

    नेपालको सन्दर्भमा कुरा गर्ने हो भने शहरका केही ठूला विद्यालयहरुले (भर्चुअल)अनलाइन कक्षाहरु संचालन छन्। तेहि विद्यालयका
    अनलाइन कक्षाहरूहरू कतिको प्रभावकारी भन्ने
    बिषयमा संचालकहरु भने अनभिज्ञ छन।

    संस्थागत विद्यालयहरु आज पनि अनलाइन कक्षाको माध्यमबाट विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिन भन्दा पनि विद्यार्थीहरु कोभिड संक्रमण हटेपछि अरु विद्यालयमा नजाउन भन्ने मनसाय राखेर उनीहरुलाई आफ्नै सम्पर्कमा अल्मल्याउन मात्रै खोजेको जस्तो देखिन्छ।
    शिक्षण सिकाई आफैमा एउटा सृजनात्मक कला हो सृजनशिलताको विकास गर्न शिक्षकले विभिन्न शैक्षिणिक सिपहरु हासिल गर्नु पर्दछ । तर आज सबै जसो संस्थागत विद्यालयका शिक्षकहरु छ महिना देखि आधा तलब वा बिना तलब बाँच्न बाध्य भएका छन् । यस्तो परिस्थितीमा मनोवैज्ञानिक रुपमै आत्मबलमा कमजोर हुन्छ यस्तो परिस्थितीमा विद्यालयले शुरु गरेको अनलाइन कक्षामा शिक्षकको प्रस्तुती कस्तो होला ?

    विगत लामो समय देखि शैक्षिक तालिम संचालन गदै आउनुभएकी रातो बंगला स्कूल कि पूर्व शिक्षिका‘सफला राजभन्डारी’ले अनलाइन वा महामारी पछिको नियमित कक्षा पनि पहिला मनोवैज्ञानिक रुपमा शिक्षकलाई तयार गनु पर्ने, दोस्रोमा अभिभावकलाई तालिम मार्फत आफ्ना छोरा छोरीसँग कसरी व्यावहार गर्ने भनेर शिक्षकहरुलाई तालिम दिएर पूर्णरुपमा ढुक्कका साथ कक्षामा सहभागी गराउनु पर्ने धारणा राखनु हुन्छ ।

    अन्यथा बिद्यार्थीलाई जबर जस्ती दिने शिक्षा दिगो र चिरस्थाई नहुने र विद्यार्थी पनि बिचैमा कक्षा छाड्ने,बाबु आमा,शिक्षक र अन्य आफ्ना अग्रजहरु सँग पनि टाढिने समस्या सृजना हुन सक्छन् ।उनका अनुसार आज आत्महत्याको भयावह स्थितीलाई रोक्न पनि अभिभावकहरुको मानसिक तनावलाई हटाउने कार्यमा विद्यालयहरुले नेतृत्व लिन सक्छन् ।

    महिनौ देखि घरमा थुनिएका विद्यार्थीहरु मानसिक रुपमा तयार नहुदै किन गृहकार्य नगरेको ? किन नपढेको भनेर ४० मिनेटको कक्षामा २० मिनेट शिक्षकहरुले विद्यार्थीलाई थप तनाव दिने गरी दवाब दिने र विद्यार्थीहरु अनलाइन कक्षा नै छोडिदिएर बस्ने गरेको अभिभावकको गुनासो सुन्दा जनस्वास्थ विज्ञद्धारा शिक्षकहरुलाई अनलाइनबाटै परार्मश दिएर पुर्ण शिक्षकले विद्यार्थीलाई परार्मश दिदै कक्षा संचालन गर्दा प्रभावकारी हुने देखिन्छ ।

    अतः शिक्षामा बिभेदिकरणको अन्तय गर्नको लागि ब्यावसायिक रुपमा जन्मिएका निजी विद्यालयहरुलाई निरुसाहित गदै सामुदायिक विद्यालयलाई गुणस्तरीय बनाउन प्रधानमन्त्रीदेखी जनप्रतिनिधी,निजामती सेवाका कर्मचारी, सेना,प्रहरी लगाएका आमनेपालीका छोरा छोरी सामुदायीक विद्यालयमा अनिवार्य रुपमा भर्ना गराउने निती बनाउने यो एउटा सुनौलो अवसरको रुपमा लिन सकिन्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु