• कोरोना भाइरसको संक्रमणबाट आज १४ जनाको मृत्यु पुष्टि

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार १९:१८

    काठमाडौं, १९ भाद्र । कोरोना भाइरसको संक्रमणबाट आज १४ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु हुनेहरुमा ४ महिला र १० पुरुष छन् ।

    आजको मृतक संख्यासँगै कुल संख्या २ सय ७१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज काठमाडौंका तीनजना महिलाको मृत्यु पुष्टि भएको छ ।

    आज मृत्यु भएकासँगै अहिलेसम्म देशभर एक सय ९७ पुरुष र ७४ महिलाको मृत्यु भइसकेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु