दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अन्य स्कुलका विद्यार्थीलाई निःशुल्क अनलाइन कक्षा पढाउँदै लिटल फ्लावर स्कुल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ भाद्र १९ गते, शुक्रबार २२:०२

चितवन। चितवनको उत्कृष्ट मानिएको लिटल फ्लावर स्कुल नारायणगढले अन्य स्कुलका विद्यार्थीलाई पनि निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्ने भएको छ ।

देशभर कोरोना महामारीका कारण गरिएको लकडाउनले पढ्न नपाएका कक्षा १० सम्मका त्यस्ता विद्यार्थीलाई स्कुलले यो सुविधा दिने भएको हो । जसका लागि स्कुलले अनलाइन फर्मबाट दर्ता प्रक्रिया शुरु गरेको छ ।

स्कुलका प्रिन्सिपल फादर रोवीले लकडाउनका कारण पढाईबाट वञ्चित भएका विद्यार्थीलाई लक्षित गरी निशुल्क अनलाईन कक्षा शुरु गर्न लागिएको बताउनु भयो । ‘काठमाडौ लगायत अन्य जिल्लाका कतिपय विद्यार्थीले पढ्न नपाएको सुनेको छ, उहाँले भन्नुभयो ,त्यस्ता विद्यार्थीलाई लक्षित गरी अनलाइन कक्षा शुरु गर्न लागेका हौं ।

चितवनमा समेत अधिकाश विद्यालयले प्राविधिक तथा अन्य कारण अनलाइन कक्षा निरन्तर दिन सकेका छैन । यसलाई मध्यनजर गरी स्कुलले निशुल्क अनलाइन कक्षा दिने निर्णय गरेको हो ।

विद्यार्थीले आफ्नो पढ्न पाउने अधिकारलाई रक्षा गर्दै संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गरिएको फादर रोवीको भनाई छ । उहांँका अनुसार स्कुलले प्रत्येक कक्षामा हाल २० जना सम्म दर्ता भएर अनलाइन कक्षा लिन इच्छुक त्यस्ता विद्यार्थीलाई सोही स्कुलका विद्यार्थीसँगै पढाउने र सो भन्दा बढी संख्या भएमा अलग्गै अनलाइन कक्षाको व्यवस्था गर्नेछ ।

‘गरीब तथा जेहेन्दार र जसले पैसाको अभावमा अन्य विद्यालयको पढाइबाट बञ्चित हुनु परेको छ ,उनीहरुको लागि लक्षित गरिएको हो ।’ फादर रोवीले भन्नु भयो । दर्ता प्रक्रियाको लागि स्कुलको पेजमा गएर आफ्नो नाम दर्ता गर्न उहांँले विद्यार्थीलाई आग्रह गर्नुभएको छ । दर्ता प्रक्रियापछि स्कुलले ती विद्यार्थीलाई अलग्गै अलनाइन कक्षाको युजर, पासवर्ड दिनेछ ।

स्कुलले लकडाउन शुरु भएको केही समय वित्न नपाउंँदै विद्यार्थीहरुलाई गुणस्तरीय अनलाइन कक्षा दिदै आएको छ र कक्षा १० सम्मका विद्यार्थीको पहिलो त्रैमासिक परीक्षाको नतिजा समेत प्रकाशन गरिसकेको छ ।
हाल स्कुलले १० जोड दुईको कक्षामा भर्ना शुरुगरी यही भदौ २५ गतेबाट अनलाइन कक्षा शुरु गरिने जानकारी दिएको छ साथै हालसम्म भर्ना नभएका विद्यार्थीलाई यथाशक्य चांँडै भर्ना गर्न समेत आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु