गणेश राना।
काठमाडौं । प्राकृतिक नियमहरुको पालनाले गर्ने स्वस्थ्य रक्षा अस्पताल र औषधीले गर्न सक्तैन।
यो संसार विश्व ब्रम्हण्ड नै निश्चित नियममा चलेको छ । नियम बाहिर गएपछि प्राकृतिक असन्तुलन हुन्छ र संसार नासिन्छ । हामीलाई थाहा छ गुरुत्वाकर्षणको नियममा उलंघन भएमा के हुन्छ । बिहान हुनु,घाम लाग्नु,अस्ताउनु, दिन हुनु, रात हुनु, ऋतु फेरिनु,बर्षा हुनु, प्राकृतिका नियमित कृयाकलापहरु हुन् ।
यस्ता नियमित प्राकृतिक क्रियाकलापहरु परिवर्तन भएमा जीव जगतकै अस्त्वित्वमा संकट आउन सक्छ । यस्तै प्रकारले हाम्रो आफनो स्वास्थ्यको लागि पनि हामीले निश्चित नियमहरु पालना गर्नु पर्दछ र नियममा अक्षरस चलेनौं भने हाम्रो स्वास्थ्यमा पनि गडबडी हुन्छ किनभने हामी प्राकृतिक नियमहरुमै निर्भर रहेर क्रमशः विकसित भएका प्राणी हौं । सुत्ने,उठ्ने, हग्ने, मुत्ने, खाने, शारीरिक काम गर्ने वा व्ययाम गर्ने कृयाकलापहरु नियमित रुपमा नियमसंगत ढंगले गर्नु पर्दछ । वेलामै सुत्ने,विहानै उठेर पानी पिउने, दिशा पिशाव गर्ने, हिंड्ने, व्ययाम गर्ने, योग गर्ने, नुहाउने, नास्ता खाने,काममा जाने, आराम गर्ने कृयाकलापहरु ठीक–ठीक समयमा नियमित रुपमा गरिएन भने स्वास्थ्यमा गडबडि आउछ भन्ने बुझ्न जरुरी छ ।
सुत्ने नियमको उलंघन गर्दा कति आन्तरिक शक्ति क्षय हुन्छ एक रात नसुतेर अनुभव गर्न सक्नुहुन्छ । एक रात सुतेन,अनिदो बस्यो भने शरीरलाई तीन दिन पिर्छ । विहान चार देखि पाँच बजे सम्म उठेर नियमित नित्य कर्म (दिशा पिशाव) गरिएन भने त्यो समय काटेपछि आन्द्रामा दिशा सुकेर आस्ते–आस्ते समयमा हुन छाड्छ अनि लामो समय सम्म यो लापरवाही जारी रहेमा निश्चित अवधिपछि कब्जियत, रुघा, खोकी, पिनाश, नाक सुक्ने,अपच, पेटमा गडबडी, ग्याष्ट्रिक, अल्सर, टनसील,दम लगायत अनेक खालका समस्याहरु देखा पर्दछन ।
यसकारण बेलुका समयमा सुत्ने,विहान समयमा उठ्ने, नित्य कर्म गर्ने,हिडडुल गर्ने, व्यायाम गर्ने, योगा ध्यान गर्ने विहारका नियमहरु नियमित पालना स्वस्थ जिवनको लागि अनिवार्य छ जुन अस्पताल र औषधीले मात्र ठीक गर्न सक्तैन । हरेक परिणामको पछाडी खास कारण हुन्छ जसला्ई कारण र परिणामको नियम भत्र सकिन्छ । सुगर,प्रेसर, दम, बाथ, थाईराईड, क्यान्सर सबै रोगको पछाडी कारण छन । अज्ञानता वा लापरवाहीको कारण बर्षौसम्म जिवन जिउने प्राकृतिक नियमको उलंघन हो ।
नियम उलंघनको परिणाम तपाँई हामीले नभोगे पनि नियम उलंघन गर्नेहरुका सन्तानले भोग्नु पर्दछ । दिर्घरोग मात्र होईन अपाङ्गता, (लाटो, लठेब्रो, सुस्त मनस्थिति, अन्धो, बहिरो,पुड) हुनुको कारण तिनिहरुका पितापूर्खाले जिवन जिउने तथा आहार विहार र दिनचर्याका प्राकृतिक नियम उलंघन गर्नाले हो भगवानले बनाएका होईनन् । प्राकृतिक नियम उलंघनका कारण हुने दिर्घकालिन असरलाई अस्पताल, औषधीले गर्न सक्तैन ।
जानकारी भएकै कुरा हो थोपा–थोपा मिलेर सागर बन्छ र हरेक ठूलो विशाल बृक्ष सानो बिऊबाट हुन्छ । हामी मानिस पनि नानो ग्राम तौलको आमाको अण्डा र बाउको शुक्रकिटबाटै हुने हो जुन शुक्रकिट र अण्डा आँखाले देख्न सकिदैन माइक्रोसकोपबाट हेर्नु पर्दछ । नानो ग्रामको शुक्रकिटले अण्डाको साथ पाएर आमाको गर्भाासयमा नौ महिनामा सरदर २ देखि ३ किलोग्रामको पुग्छ ।
२–३ किलोग्राको बच्चा १६ बर्षमा ५० किलोग्राम वरपर पुग्छ र वयस्क भएपछि ६० देखि १०० किलोग्राम वरपर पुग्दछ । यो क्रमिक विकासको कारण प्राकृतिक नियम हो अस्पताल र औषधी होइन । यसकारण स्वास्थ्यको लागि प्राकृतिक नियमको अक्षरस पालना गरौं अस्पताल र औषधीको माात्र भर नपरौं ।
मेरो बिचारमा यो हाम्रो भौतिक शरीरको लागि स्वर्ग भनेकै यो प्रकृति हो अथवा भनौं पृथ्वी । यो पृथ्वीमा जे जे तत्वहरु छन हाम्रो शरीरमा पनि तिनै तत्वहरु छन, मात्राहरु धेरथोर होलान । पृथ्वीमा भएका ग्याँस, ठोस र तरल सबै तत्वहरु अथवा अक्सीजन, नाइट्रोजन, फलाम, तामा, क्यालसियम, फसफोरस,पानी, तेल लगायत यावत तत्वहरु एवं पदार्थहरु हाम्रो शरीरमा निहित छन । हामी मानिस यो प्रकृति र यहाँको वातावरणमा क्रमिक विकास भएको प्राणी भएकोले स्वास्थ्यको लागि प्रकृतिसङ्ग नियमित प्रत्यक्ष सम्पर्क र प्राकृतिक नियमको पालनाको धेरै महत्व छ ।
१) सुत्ने, उठ्ने, खाने,शौच गर्ने, व्ययाम गर्ने, नुहाउने, सरसफाई गर्ने समय निश्चित र नियमित बनाउनुपर्छ ।
२) व्ययाम, योग, साइक्लिङ, हिँड्ने, एरोबिक गर्ने एवं चाहना अनुसारको शारीरिक परिश्रम नियमित र अनिवार्य छ
३) हाम्रो स्वास्थ्य भनेको हाम्रो आहार, बिहार, निद्रा, व्ययाम, बिचार तथा हाम्रो दिनचर्या तथा हाम्रो बानीव्योहोरामा निर्भर रहेको हुन्छ ।
४) अस्पताल, औषधि, धनले मात्रै रोग निको पार्छ भत्रे विचार त्याग गरी खानपिन र जीवनशैलीमा परिवर्तन गर्नुपर्छ
५) स्वस्थ रहन खालीखुट्टा जमिनमा हिंडने, बिहानको घाम ताप्ने, प्रकृतिको आनन्द लिने सकेसम्म धेरै अक्सीजन गर्न प्रणायाम गर्ने एवं अहिलेको जीवनशैलीमा परिवर्तन र व्यवस्थापन गर्ने अभ्यासमा लागौं ।
हाम्रो स्वास्थ्यको आधार औषधी र अस्पताल भन्दा पानी पिउने र खाना खाने नियमहरुको पालना हो ।
यो प्रकृति,पृथ्वी,विश्व ब्रहम्ण्ड सबै निश्चित नियमसंगत ढङ्गले चलिरहेको छ । हामी मानिसको विकास, परिवर्तन पनि नियमसङ्गत ढङ्गले क्रमशः भएको हो । हामी मानिसको शुरुवात नानो ग्रामको शुक्रकिटबाट भई आमाको गर्भमा ३ किलो ग्राम सम्मको बन्छ र जन्मिएपछि क्रमशः ६० देखि १०० किलो ग्राम पुगेर मृत्युपछि पुनः पानी, हावा, माटो, आकाश र प्रकाशमा विलिन हुन्छ । गर्भमा बस्ने, जन्मिने, हुर्किने, बढ्ने, समय पुगेपछि मर्ने र मृत्युपरान्त पृथ्वीमै बिलाउने प्रक्रियाहरु आ–आस्ते क्रमिकरुपमा नियमसङ्गत ढङ्गले हुनका लागि हामी मानिसका खाने, पिउने र दिनचर्याहरु पनि नियमसङ्गत हुनु पर्दछ । हामी मानिसको शुरुआत, विकास र अन्त्यको यो प्रकृयामा, डाक्टर, वैद्य, अस्पताल, औषधी, प्रोटीन, भिटामिन, हर्लिक्सको भन्दा ठूलो हात हामीले प्राप्त गर्ने स्वास्थ्य चेतनाको हुन्छ भत्रे कुरा बुभ्mनु अति जरुरी छ । यस्ता सूचना र प्राकृतिक प्रक्रियाहरु सामान्य, साना तथा साधारण हुन्छन तर तिनको प्रभाव भविष्यमा बिशाल, असाधारण हुन्छ । रोगी, बिरामी हुने, दिर्घरोग लाग्ने सुगर, प्रेसर, दम, वाथ, क्यान्सरको कारण मात्र होइन, कोर, माले, पाण्डु मात्र होईन हामी मानिस अपाङ्गता अन्धा, बहिरा, लुला, लङ्गडा, सुस्थ मनस्थितिको हुने कारण सम्बन्धीत व्यक्ति र उसको पितापूर्खाको खाने, पिउने र जिउने दिनचर्या सम्बन्धी ज्ञान नहुनु र भएता पनि लापरवाही गरी नियम पालना नगर्नु हो ।
गलत बानीव्योहोराको आदत तथा स्वादमा फँसेर अप्राकृतिक खानपान, अप्राकृतिक जिवनशैलिको कारण शरीरमा टक्सीन क्रमशः जम्मा हुँदै गएर अन्तत्वगत्व रोग लाग्ने हो । ४० बर्ष काटेपछि सुगर, प्रेसर, दम, बाथ, क्यानसर अथवा दिर्घ प्रकृतिका रोग लाग्नु भनेको ४० बर्षसम्म खानपान र जिवनशैलीको परिणाम हो भत्रे बुझ्न जरुरी छ ।
क) आयुर्वेदिक पद्धतिद्वारा पानी पिउने नियम
१) हाम्रो शरीरमा ७२ प्रतिशत पानीको मात्रा छ तसर्थ प्रशस्त पानी पिउनुहोस । बिहान बिउँझनासाथ आप्mनो शरीरको तापक्रम अनुकुलको आधा–एक लिटर पानी आरामसंग अनिवार्य पिउनुहोस ।
२) खाना खानु एक घण्टा पहिलेदेखि खाना खाएको एक घण्टा पछिसम्म पानी पिउनु हुँदैन तर दुध, दही, मोही, दाल, सुप तथा जुस भने पिउन सकिन्छ । बाग्भट ऋषिको अनुसार खानासङ्ग पानी पिउनु पाचन प्रणालीको लागि बिष बराबर हो ।
३) उमालेको तातो–तातो पानी र फ्रिजको चिसो पानी संधै नियमित पिउनाले पाचनप्रणाली ध्वंश हुन्छ ।
४) पानी पिउँदा बसेर चिया जसरी पिउनुहोस उभिएर घटघट पिउनु हुँदैन ।
५) खेलेर, दगुरेर, व्ययाम गरेर स्वाँ–स्वाँ भएको वेला पानी नपिएर एकछिन आराम गरेर मात्र पिउनु पर्दछ ।
ख) स्वस्थ रहन खाना खाने नियम पालना गरौं ः–
१) हाम्रो खाना आफ्नो शारीरिक अवस्था,आफनो स्वास्थ्यस्थिती, आफुले गर्ने कामको प्रकृति, पाचन शक्ति, मौसम र समय अनुकुल हुनुपर्दछ ।
२) खाना संधै एकै समयमा खानु पर्दछ र बेलुकाको खाना सुत्नु भन्दा तीन घण्टा पहिले खानु पर्दछ ।
३) खाना कोची–कोची, पेट भरिएर अटस–मटस हुनेगरी खानु हुँदैन र एक खाना पचिसकेपछि मात्रै दोश्रो खाना खानु पर्दछ कुचुकुचु खाईरहनु हुँदैन ।
४) पाचन प्रक्रिया मुखबाट नै शुरु हुनेहुँदा खाना राम्रो चबाएर आरामसँग खानु पर्दछ ।
५) खाना खाँदासाथ सुत्नु हुँदैन । खाना खाएर लगत्तै नुहाउनु स्वास्थ्यको लागि हानिकारक हो ।
६) खानासाथ पानी, चिया, कफि, आइस्क्रीम, चिसो तथा वियर खानु भनेको पाचनप्रणाली नष्ट गर्नु हो ।
७) बिस्कुट, मःम,चाऊचाऊ, बर्गर, पिजा, पाउरोटी, तैयारी खाना, प्याकिङ खाना, बट्टाबन्द खाना नियमित खान हुँदैन, संधै र नियमितरूपमा पकाएको ताजा खाना खानु पर्दछ ।
८) सकेसम्म शाकाहारी खाना खाऔं । हप्तामा अथवा पन्द्र दिनमा एक दिन उपवास बस्नुहोस् ।
९) दाल, भात, रोटी, ढिंँडोभन्दा हरियो सागसब्जी, सलाद, फलपूmल तथा रेशादार खाना धेरै खानुहोस् ।
१०) विरूद्ध आहार अथवा विपरित प्रकृतिका आहार एकसाथ खानु स्वास्थ्यको लागि हानिकारक हो ।
११)पाकेर चिसो भईसकेको, ढाडिएको, बासी, तैयार बनाएर राखेको पुरानो वा कुहिएको खाना स्वास्थ्यको लागि हानीकारक हो । पकाएको बढिमा डेढ घन्टाभित्र खाना खाईसक्नु पर्दछ ।