बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउन सम्पदा अनुसन्धान सदनको शुभारम्भ तथा पुस्तक विमोचनसुष्मा र अस्मिता सेमिफाइनलमाच्याम्पियनसीप एमेच्योर सदभावलाई उपाधिनेपाल भलिबल संघ र केल्मीबीच तीन वर्षका लागि नयाँ सम्झौताराष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपतिलाई निमन्त्रणाजनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले विशाल जनप्रदर्शन गर्नेग्रील तथा स्टील ब्यवसायीहरुको फुटबल महासंग्राममा सानोभर्याङ ठुलोभर्याङ इकाई विजयीआज चैत १६ गते शुक्रबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफलसंचारकर्मी रिजाल सक्रिय राजनीतिमामहिला, बालबालिकामन्त्री र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट

सामाजिक कार्य पनि चेतनाकै उपज हो झै लाग्छ -युवा समाजसेवी महर्जन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ भाद्र २० गते, शनिबार ०९:२९

खेलकुद, निर्माण–व्यापार र समाजसेवाको क्षेत्रमा सकृय युवा हुन् भुषण महर्जन । उनी योँकुशिन बुदो कराँते शाकाई इन्टरनेशनलका नेपाल च्याप्टर अध्यक्ष छन् । त्यसो त उनी समग्र खेल क्षेत्रका एक इमान्दार सारथी पनि हुन् । आफुलाई खेलसेवी भन्न रूचाउने महर्जन युवा समाजसेवी समेत हुन् । क्रान्तिकारी र सामाजिक चेतनाका धनी महर्जनले दिन दुखी र अभावमा गुजारा टार्न वाध्य मानिसहरुको लागी आफु सक्य सहयोग पु¥याउँदै आएको पाईन्छ । उनी निर्माण व्यवसाय र व्यापारमा पनि संलग्न रहदै आएका छन् । महर्जन ए टु जेड कन्ट्रक्सन तथा टप हिमालयन ट्रेडर्सका संचालक हुन । व्यापार, समाजसेवा र खेल क्षेत्रका त्रिवेणी भुषण आफनो नाम जस्तै चम्किला युवा रत्न हुन । न्युज लाइन्स पाक्षिकले उनै भुषण महर्जनसँग गरेको संक्षिप्त कुराकानी ः–

हाल के मा व्यस्त हुनुहुन्छ ?

म निर्माण व्यवसाय, ट्रेड व्यापार र सामाजिक गतिविधीमा सकृय छु । कोभिडबाट सिर्जित जुन बिषमता छ, यसले समग्र क्षेत्र प्रभावित बनेको छ । त्यसैले अधिकांश समय घरमा नै बित्ने गरेको छ । व्यवसायको काम सकेसम्म घरबाट नै सम्पादन गर्ने गरेको छु । बाहिर निक्लने माहौल नै छैन । यद्यपी सामाजिक कार्यहरुका लागि घर बाहिर निक्लने गरेको छु । यस्तै नै छ ।

यहाँ त लामो समयसम्म विदेशी भुमीमा रहेर पनि स्वदेश नै फर्कनु भएको छ, यस पछाडीको कारण खुलाउन मिल्छ ?

हो म कामको सिलसिलामा जापान, जर्मन तथा अमेरिकामा लामो समय बसे । ती सबै देश एक से एक थिए । तर म त्यहाँ बस्दिन भनेरै गएको थिए । मलाई किन किन त्यहाँ बसिरहन मन लागेन पनि । मुख्यत नेपालको माया त्याग्न सकिन झै लाग्छ । आफ्नै माटोमा कर्म गर्ने लालसा सानै देखी थियो । विदेशबाट शिप र पुँजी भित्र्याउनु पर्छ भन्ने ध्येयका साथ म परदेशिए अनि आफ्नो लक्ष्य पुरा भए पछि आफ्नै जन्मथलो फर्किए । अहिले व्यापार व्यवसाय गरिरहेको छु । कुनैबेला म ट्रेकिङ गाइड पनि थिए । विशेषत जापान तथा जर्मनीका पर्यटकलाई नेपाल भित्राउने कार्यमा पनि मेरो जोड बल रहदै आए । हालसम्म २२ वटा मुलुक पुगेको हुनाले त्यहाँका साथीहरुलाई पनि प्रत्यक्ष अप्रत्यक्ष रुपमा नेपालको सुन्दरता, यहाँको कला संस्कृति आदि बारे बताउने र उनीहरुमा नेपाल जानु पर्छ भन्ने भावना जागृत गराउने गरेको छु ।साथै, खेल क्षेत्रका अलवा सामाजिक गतिविधीमा पनि केही गर्न सकिन्छ कि भनेर लागेको छु ।

यहाँले शिप र पुँजीको जुन सन्दर्भ उल्लेख गर्नुभयो त्यसलाई कुन क्षेत्रमा लगाउनु भएको छ त ?

हाल मैले ए टु जेड कन्स्ट्रक्सन तथा टप हिमालयन ट्रेडर्स संचालन गरेको छु । विदेशबाट फर्कने बित्तिकै मैले दुवै व्यवसायमा हात हालेको हुँ । निर्माण सेवामा सानादेखि ठूला आयोजनासम्म गर्ने लक्ष्यका साथ अघि बढेका छौ । स्वदेशका अर्गानिक बस्तुहरुको विदेशमा मार्केटिङ गर्ने कार्य गरिरहेको छु । कारोबार ठिकै छ । मुख्यतः निर्यातमुखी व्यवसाय गर्दा सण्तुस्टी महशुश भएको छ भने युवाहरुलाई रोजगारी दिलाउन पाउँदा उत्तिकै खुशी लागेको छ । सफलता असफलता भविष्य कै गर्भमा होला तर वर्तमानमा देशमै बसेर केही गरिरहदा आफ्नो माटो प्रति वफादार रहेको भान हुन्छ ।

यहाँ त क्योँकुशिन बुदो कराँते शाकाई इन्टरनेशनल नेपाल च्याप्टर अध्यक्ष समेत हुनुहुन्छ नि, यो कस्तो खेल हो प्रस्ट पारिदिनुस् न ?

यो एक खाले कराँते खेल नै हो । यद्यपी यो चाहि आत्मरक्षाका लागि अति नै सहयोगी सिद्ध हुने गरेको छ । यस खेल रसियाबाट भित्रीएको हो । रसियाका राष्ट्रपति भ्लादमिर पुटिन समेत यस खेलबाट दिक्षित हुनुहुन्छ । यसलाई यदाकदा ज्यानमारा खेल समेत भन्ने गरिएको पाईन्छ । खेल्दा खेल्दै ज्यानै समेत जान सक्ने भएकोले यसलाई कतिपय देशले भने मान्यता दिएका छैनन । जे होस्, महिला, बालबालिका लगायत सबैले नै आत्मरक्षाका लागि जीवनमा यो खेल सिक्नु पर्छ भन्ने लाग्छ । यो र यस्तै साकारात्मकताका कारण राष्ट्रव्यापी रुपमा यस खेलको महत्व जगाउने कार्यमा म लगायत साथीहरु सकृय छौ ।

यहाँ त समाज सेवामा पनि सकृय हुनुहुन्छ नि होईन ?

मलाई समाजसेवीको ट्याग संचारकर्मी मित्रहरुले नै लगाईदिनु भएको हो । म समाजसेवी हुँ वा सामाजिक कार्यकर्ता मात्र हुँ भन्ने सवाल त्यती महत्वपूर्ण होईन । सवाल समानता र मानवताको हो । मलाई व्यक्तिगत रुपमा सोध्नु हुन्छ भने मानविय धर्म नै श्रेष्ठ हो भन्ने मेरो मान्यता छ । त्यसैले म समाजमा अभावमा गुजारा टार्न वाध्य मानिसहरुको न्युनतम आवश्यकता पुरा गर्न सकिन्छ कि भनेर सामाजिक गतिविधीहरुमा संलग्न रहदै आएको छु । आफ्नो गक्ष अनुसार सहयोग गर्दै आएको छु ।

यहाँले आफ्नो गक्ष अनुसार समुदायमा के कति सहयोग गर्नु भयो केही उल्लेख गर्न मिल्छ ?

मैले सन् २००९ देखि पर्वतको पञ्चरत्न आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि अक्षयकोष नै स्थापना गरेर बर्षेनी सहयोग उपलब्ध गराउदै आएको छु । यस बाहेक भुकम्प र नाकाबन्दी, बाढि पहिरो, हालको महामारीका बेलामा आफु सक्दो रासन, लत्ता कपडा, औषधी एवम् स्वास्थ्य सामाग्री लगायतका सहयोग हस्तान्तरण गर्दै आएको छु । सामान्य अवस्था समेत सामाजिक सहयोग गर्ने गर्दै आएको छु । सेवा भनेको प्रायः समाज सेवा भनेको आकस्मिक कार्य हो झै लाग्छ । कोही समस्यामा छ, उ बेसहारा बनेको छ भन्ने कानमा परेपछि सहयोग नगरी मनले मान्दैन । समस्याको किटान भए पछि सहयोगको लागि हात अघि बढी हाल्छ ।

समाजसेवामा लाग्नुको कारण चाहि केही छ कि ?

म राजनितीमा पनि सकृय भएर लागेको मानिस हुँ । मेरो विचारमा राजनिती पनि सामाजिक कार्य हो झै लाग्छ । तर दुःख लाग्छ कतिपयले राजनितीलाई कमाण्डलु बनाएर भझाएर खाएका पनि छन् । त्यस्ता घटना र पात्र देख्दा लाज र सरम पनि लाग्छ । मेरो चाह चाहि समाजलाई साच्चिकै गतिशिल बनाउनुपर्छ र समानताका लागि दिन दुःखी एवम् अभावमा रहेकाहरुलाई मुल प्रवाहीकरणमा ल्याउनुपर्छ भन्ने रहयो । खासमा सामाजिक कार्य पनि चेतनाकै उपज हो झै लाग्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु