दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बेखर्ची अवस्थालाई मध्यनजर गरेर समाजसेवी तामाङ को पहलमा १५० परिवारलाई खाद्यान्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ भाद्र २० गते, शनिबार १०:२०

काठमाडौ ।कोरोनाभाइरसको संक्रमणवाट बच्न र बचाउन नेपालमा पनि लकडाउनको अवस्था रहेको छ। लकडाउनका कारण विपन्न तथा जीवन निर्वाह गर्न कठिन भएको छ।

धेरैजना बेखर्ची समेत भैसकेको अवस्थालाई मध्यनजर गरेर कल्याणकारी स्वयंसेवक संघ नेपालद्वारा कोही भोको नरहुन अभियान अन्तर्गत कल्याणकारी स्वयंसेवक संघ नेपाल तथा नेपाल कोरिया कल्चर एक्सचेञ्ज एन्ड सोशियल अर्गनाइजेसन (नेकोस)


संस्थाका अध्यक्ष युवा समाजसेवी अक्कल तामाङ को बिशेश पहलमा बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ८ स्थित सेन्ट जोन स्कुलमा अध्यनरत विद्यार्थीहरुका पिडित परिवार यो महामारीमा कोहि भोको नरहुन भन्ने उदेश्यले वडा अध्यक्ष सुमन तामाङको उपस्थिति मा १५० परिवारलाई राहत स्वरुप १० केजि चामल, १ केजी दाल,१ केजी नुन र १ लिटर तेल लगायतकाको सामग्री प्रत्येक परिवारलाई वितरण गर्नु भएको छ ।

नगरपालिकामा थालनी गरिएको कोहि “भोको” नरहुन भन्ने अभियान फेरी निरन्तरता दिने गरि शुरु भएको छ।

केही समय अघि बूढानीलकण्ठ नगरपालिकाका विभिन्न वडामा यो अभियान अन्तर्गत केही ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका तर सरकारले आह्वान गरेको लकडाउनको कारण घरमा चुल्हो बल्ने अवस्था नभई परिवारको पालनपोषण गर्न पनि मुस्किल भएका विपन्न परिवारलाई खाद्यान्न लगायत अत्यावश्यक सामाग्री प्रदान गरेको थियो।

नगरपालिकाको एकद्वार प्रणालीअनुसार मात्रै राहत वितरण गर्न पाउने निर्णयले यो अभियान रोकिन पुगेको थियोे। तर यो समयमा धेरैको चुल्हो नबलेको र केहि दिनदेखि खान समेत नभएको सूचना प्राप्त भएपछि आज फेरि खाद्यान्न सामाग्री वितरण गरिएको समाजसेवी तामाङ ले जानकारी दिनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु