• संघर्श्रशिल नारीहरुको अर्को नाम मनमुरी कृषि सहकारी संस्था लि.

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार १४:३५

    -आर.बि. बुढाथोकी

    १४ जागरुक र संघश्रशिल नारीहरुको नेत्रुत्वमा कागेश्वरी मनहरा नगरपालिका ८ गोठाटारमा मनमुरी कृषि सहकारी सस्था लि को आफ्नै कृषि बजार सुरुवात भएको छ । सम्पूर्ण रुपमा अर्गानिक चिज बिक्री बितरण गर्ने उदेश्यका साथ खोलिएको यो सस्था नगरपालिकाको पहिलो र नमुना सस्था हो । मनमुरी कृषि सहकारी सस्थाको मातहतमा रहने गरी आफ्नै कृषि बजार पनि सुरुवात सँगै स्थानिय बासिन्दाहरुको मन जित्न सफल भईसकेको कुरा बताउनु हुन्छ सस्थाकी अध्यक्ष जयाकला बस्नेत । हामीले धेरै संघश्र गरेर यो स्थानमा आइपुगेका छौ अब यो सस्थालाई उचाइ र गुण स्तर दिने काम हाम्रै सदस्य साथीहरुको हातमा छ यसका लागि हामीले निरन्तर निगरानी र चुस्त नेत्रित्व बहन गर्ने छौ उहाले एक भेटमा बताउनु भयो । सस्थाको लागतमा खोलिएको सो आफ्नै कृषि बजार २८ सटर छन र सबै सटरमा भिन्न भिन्न नेपाली उत्पादन बिक्री बितरण गरिन्छ । पहिलो प्राथमिकता स्थानिय उत्पादनलाई दिइेएको छ भने नपुग नेपाल अधिराज्य भरको कुनै पनि जिल्लाबाट अर्गानिक उत्पादन खरिद गरेर अन्य भन्दा सस्तो,सहज र गुणस्तरिय उत्पादन मात्र बिक्री गरिनेमा सस्थाका सबै नेत्रित्व तहका महिलाहरु प्रतीबद्द छन ।

    गरे के हुन्न भनी लागि परेका यि सबै महिला समुहको उधारणिय कार्यको स्थानिय र नगरपालिकाले पनि सरहानिय कार्य भनी प्रत्साहन दिएको छ । महिला उत्थान र स्वरोजगारका लागि कसरी स्वउधामी बन्ने भन्ने बिषयमा तालिम दिएर अगाडि बढाउन दिन रात नभनी लागि परेका नेत्रित्व तहका महिलाहरुको लक्ष्य अनुसार तन मन धन सहित लागि परेका छन ।स्थानिय तह र केन्द्रले पनि यो सस्थाको उधाहरानीय कार्यको खुलेर प्रसम्सा गरेको र मनमुरी कृषि बजारको लागि कागेस्वरी मनोहरा नगर पालिका र नेपाल सरकारबाट अनुदान प्राप्त भएको छ । सस्थाको कृषि बजारमा लोकल खसीको मासु,ताजा अर्गानिक तरकारी तथा फलफुल,मकैको च्याख्ला,गहुको दलिया,तोरीको तेल पेल्ने आफ्नै मेसिन,गाउ गाउबाट आएका स्थानिय उत्पादन,ब्युटीपर्लर, कृषि बिउ बिजनका सामाग्री,धान कुट्ने मेसिन,गहु मकै कुट्ने आफ्नै मेसिन,खाजाघर,आधुनिक कुखुरा माछा बिक्री कक्ष,इलामको चिया बिक्री कक्ष,सस्थाको अफिस,हस्तकला लगायतका नुन देखी सुन सम्म उपलब्द छन र अत्यआधुनिक स्तरमा बिर्की नितरण स्टल सटरहरु छन । चामलको कनिका र मकैको च्याखाबाट बनाइएको नेपाल कै पहिलो चीज बल फ्याक्ट्री पनि मनमुरी कृषि बजारले सुरु गरेको छ । नेपाली ढाकाको सामाग्री बिक्री कक्ष,नर्सरी,बिउ बेर्न बिक्री कक्ष,जैबिक मल उत्पादन र बिक्री कक्ष,फोहोर ब्यबस्थापन कक्ष,सिलाई बुनाइ कक्ष,बेकरी कक्ष,डेरी कक्ष लगायतका सबै चिज एक छाता मुनी उपलब्द्द हुने गरी ब्यबस्थापन गरिएको छ जुन एक नमुना कृषि बजारको रुपमा लिन सकिन्छ । माग अनुसार अझै सटरहरु बढाउदै जाने र सर सफाइमा बिशेष ध्यान दिएर सस्थालाई चुस्त रुपमा अगि बढाउने कुरामा सबै महिलाहरुमा दुई मत छैन । मनमुरी कृषि सहकारी सस्था लि को बिक्री कक्ष पनि नगरपालिकाकाको एक प्राइम लोकेसनमा अबस्थित रहेका कारण ग्रहक बर्गलाई जान आउनलाई अती सहज छ । सस्थाको प्रागन सम्म नै पिच रोड हुँदा सपिङगका लागि जाने जो कोहीलाई सहज पनि छ ।


    कृषिबाट बिकास सम्भब छ र अबको बिकल्प पनि यही हो र कृषिलाई आधुनिक करण गर्न मिल्ने तर अर्गानिक उतपादनलाई ओझेलमा पार्न नहुने भनेर २० बर्ष देखी संघश्र गर्दै आउनु भएकी जयाकाला बस्नेतको यो नयाँ प्रोजेट भने होइन उहाले दर्जनौ संघ सस्थालाई हाकेको अनुभब छ । सफल र असफल भन्ने कुरा आफ्नो सोचमा भर पर्ने हो सकारात्मक सोच र द्रिढ विश्वासका साथ लागेमा सफल अबश्य भइन्छ यसमा कुनै दुबिदा छैन भन्ने बिचारको उहालाई हातमा हात काधमा काध मिलाउन अहिले धेरै स्वउधमी महिलाहरु थपिएका छन र त उहाको झन मनोबल उच्च भएको छ । मनमुरी कृषिमा जोडीन पहिलो प्राथमिकता भनेको स्थानिय बिसादी मुक्त अर्गानिक उत्पादन हुनु पर्यो र त्यसको उचित मुल्य सस्थाले दिने कुरामा पनि तिनै उधमी महिलाको दुई मत छैन ।उत्पादन देखी उपभोक्ता सम्म भन्ने नाराका साथ अगी बढेको सो सस्था भोलिका दिनमा सबैको हितकारी हुनेमा सबै सकारात्मक छन ।


    कोरना महामारिको अन्ते सँगै नेत्रित्व तहका महिलाहरुले नेपाल अधिराज्यको अर्गानिक फार्महरुको अबलोकन गरेर सहकार्य गर्ने भएका छन । क्रमिक रुपमा दर्जनै अर्गानिक फार्महरु अग्रिम रुपमा जोडीनु भइसकेकोले अहिलेको बन्दाबन्दी अवस्थामा ग्राहक बर्गलाई समान उपलब्द्द गराउन सस्थालाई अहिले सम्म कुनै कठिनाई भएको छैन । सहकारीले आगामी दिनमा आफ्नै जग्गा खरिद गरी बिसादी रहित बिसुद्द अर्गानिक खाध्यान्न उत्पादन गर्ने भाबी योजना छ । यो सानो नमुना योजनालाई सफल पारेर युबा स्वरोजगारी र स्थानिय उत्पादनको प्रोत्साहन हुने हुँदा देश बिकासका लागि पनि केही हद सम्म टेवा पुर्याउने हुँदा हामी यसमा निरन्तर लागि पर्ने छौ अध्यक्ष जयाकला बस्नेतले निडर साथ बताउनु भयो । यसका लागि सबैको साथ सहयोग र समर्थनको अबश्यकता छ बस्नेतको थप उक्ती थियो । बिदेश भ्रमणका समयमा सस्थाकी अध्यक्ष बस्नेतले देखेका ब्यबस्थित कृषि बजारलाई नेपालमा पनि सम्भब छ भनी आटका साथ यो योजना शुरु गरिएको थियो । जुन अहिले सबैका सामु प्रत्यक्ष्य रुपमा सफल कार्यन्वयन भएको देखिएको छ । सस्थाले महामारी लगायत बिभिन्न आपत बिपतमा प्रत्यक्ष रुपमा सामाजिक कार्यमा पनि त्यतिकै सकृय भएर दिन दुखी र असाहयहरुलाई सहयोग र साथ दिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु