• बुटवलको रक्तसञ्चार केन्द्रमा सञ्चालन भएको रक्तदान कार्यक्रम सम्पन्न

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार १९:०१

    बुटवल – रगतको अभाव हुन नदिन बुटवलमा क्रियाशिल नियमित रक्तदाता संघले शनिवार गरेको रक्तदान कार्यक्रममा १०१ जनाले रक्तदान गरेका छन । कोरोनाको माहामारी र लकडाउनको समयमा पनि रक्तदाताहरुको यस्तो उत्साह हुनुले समाजिक कार्यमा नियमित रक्तदाता संघले गरेको कार्यको योगदान महत्वपुर्ण नै भएको तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारीले बताउनुभयो ।

    नेपाल नियमित रक्तदाता संघको आयोजनामा मिति २०७७/०५/२० गते संस्थाका अध्यक्ष दया बहादुर सिलवालको अध्यक्षता, तिलोत्तमा उद्योग बाणिज्य संघ तिलोत्तमाका अध्यक्ष गुणनिधि भण्डारी (माधव) को प्रमुख आतिथ्यता, प्रमुख सल्लाहाकार बिमल बहादुर शाक्यको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भयो ।

    बुटवलको रक्तसञ्चार केन्द्रमा सञ्चालन भएको रक्तदान कार्यक्रममा १०१ पिन्ट रगत संकलन गरिएको कार्यक्रम संयोजक प्रेम सुनारले बताए । कार्यक्रममा संस्थाका उपाध्यक्ष लेखनाथ भण्डारीको स्वागत र सचिव महेश खनालको सञ्चालनमा सम्पन्न भयो भने कार्यक्रमलाई बिमला ढकालले सम्पूर्ण सौजन्य गर्नुभएको कोषाध्यक्ष दिपक अधिकारी बताए । कार्यक्रममा १०१ जना रक्तदाताहरुको सहभागी रहेको थियो ।

    नेपाल नियमित रक्तदाता संघ,रुपन्देही बुटवलमा वि.सं. २०६१ सालमा स्थापित संस्था हो । समाजमा कसैको पनि अकालमा मृत्यु वरण नहोस् भन्ने उद्देश्यका साथ स्व. सरोज सिलवाल बन्दीको नेतृत्वमा तत्कालिन समय रक्तदान अभियानमा लाग्नुभयो । उहाँको देहवसान पछि संस्था निस्क्रिय रुपमा रह्यो र फेरी यस संस्थालाई सक्रिय रुपमा सञ्चालन गर्न वि.सं. २०७७ जेष्ठ २४ गते संस्थालाई गति प्रदान ग¥यो ।

    स्वर्गीय बन्दीकै अनुसरणमा रुपन्देहीमा दया बहादुर सिलवालको नेतृत्वमा संस्था पुनर्जाग्रित हुँदै हाल तिन महिनाको अन्तरालमा करिब ७०० पिन्ट रगत संकलन गरी रक्तसंचार केन्द्र बुटवललाई हस्तान्तरण गरेको छ । संस्थाले महिनाको तेस्रो शनिवार निरन्तर रुपमा नियमित रक्तदान कार्यक्रम सञ्चालन गरेको छ, यसका अलवा आकस्मिक रुपमा रक्तदान कार्यक्रम आयोजना गरी बिरामीको सेवामा तल्लिन छ । यसै संस्थाको पहलमा सैनामैना नगरपालिकाले सैनामैनाबासी सम्पूर्णलाई निःशुल्क रगत ब्यवस्थापनको थालनी गरेको छ । स्व. सरोज सिलवाल बन्दीले स्थापना गरेको यस संस्थालाई अग्रसर गराएकोमा रुपन्देहीको पहिलो रक्तदाता मृगेन्द्र कुमार शेरचन प्रफुल्ल हुनुभएको छ, संगसंगै अन्य प्रतिष्ठित संस्थाप्रति खुसी व्यक्त गर्नुभएको छ ।

     

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु