• ‘प्रसाद २’ निर्माण हुने पक्का : फेरी पनि विपिन र नम्रतालाइ नै अबसर

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २१ भाद्र २०७७, आईतवार ११:१७

    काठमाडाैँ। समिक्षागत र व्यवसायिक दुबै रुपमा सफल बनेको फिल्म ‘प्रसाद’ को सिक्वेल ‘प्रसाद २’ निर्माण पक्का भएको छ । फिल्मका निर्माता सुवास थापा हुन् । संचारकर्मी शुशिल पौडेलले ‘प्रसाद’ लेखेका थिए । ‘प्रसाद’को सिक्वेललाई पनि उनी स्वयंमले लेखेका छन् ।

     

    हालै स्क्रिप्ट सकाएका निर्माण टिमले मूख्य कलाकार पनि फाईनल गरेका छन् । निर्माण टिमले ‘प्रसाद’कै मूख्य कलाकारद्धयलाई दोहोर्याउने पक्का गरेको छ । अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठलाई ‘प्रसाद २’ मा पनि दोहोर्याउने पक्का भएको निर्माता सुवास थापाले फिल्मी फण्डालाई जानकारी दिएका छन् ।

    सामाजिक कथामा निर्माण भएको ‘प्रसाद’को प्रिक्वेल र सिक्वेलको अवस्थालाई बुनेर ‘प्रसाद २’ को स्क्रिप्ट तयार पारेको निर्माण टिमले जानकारी दिएका छन् । सामाजिक कथामा निर्माण हुने फिल्मलाई सौरभ चौधरीले निर्देशन गर्दैछन् ।

    ‘प्रसाद’को सिक्वेल आवश्यक नरहेको भन्दै ‘प्रसाद’ निर्देशक दिनेश राउत टिमबाट बाहिरिएका थिए । निर्माता सुवास थापाले आन्तरिक सहमति सहित ‘लभ डायरिज’का निर्देशक सौरभलाई अनुबन्ध गरेका थिए । कोरोनाको महामारी सकिए लगतै छायांकनमा जाने गरि निर्माण टिम जुटेका छन् ।

    ‘प्रसाद’ कै अर्का मूख्य कलाकार निश्चलसँग पनि निर्माण टिमले कुराकानी अगाडी बढाएका छन् । विपिन र नम्रतासँग भने सम्झौता समेत भईसकेको निर्माण टिमले जनाएको छ । ‘प्रसाद’ आम दर्शकले रुचाएको फिल्म हो । निर्मातालाई लाखौं नाफा नदिएपनि व्यवसायिक रुपमा सफल मानिएको फिल्म हो यो ।

    समिक्षगत रुपमा पनि यो फिल्म अब्बल नै रहेको थियो । फिल्म रिलिज पश्चात दर्शक फिल्मको समिक्षालाई लिएर दुई धारमा प्रस्तुत भएका थिए । एक पक्षले ‘प्रसाद’को विषय वस्तु समाजिक हुन नसकेको दावी गरे भने अर्को पक्षले आधुनिक समाजको रुपान्तरणमा विषयवस्तु मेल खाएको काल्पनिकता प्रस्तुत गरे ।

    ‘प्रसाद’मा दर्शकको प्रतिक्रियालाई बुझेर ‘प्रसाद २’ को कथा निर्माण गरेको निर्माण पक्षको दावी रहेको छ । ‘प्रसाद’ को तुलनामा ‘प्रसाद २’ कस्तो बन्ने हो त्यो त हेर्न बाँकी नै छ । ‘प्रसाद २’ वितरणको जिम्मा भने रिच ईन्टरटेन्मेन्टका करण श्रेष्ठले लिएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु