• २०७७ साल भाद्र २२ गते सोमवार हेर्नुस् आजको राशिफल

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार ००:३१

    – ज्यो.प. नारायणप्रसाद दुलाल

    आज – २२ भाद्र २०७७ सोमवार को राशिफल

    मेष

    मेष (चु, चे, चो, ला,लि, लु,ले, लो, अ)

    आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो ।चिताएको कामले तीव्रता लिनेछ । अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।

    मिथुन

    मिथुन (का,कि, कु,घ, ङ, छ,के,को, हा)

    रोकिएका काम पुनः सुरु हुन सक्छन् । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । जग्गा जमिनको कारोबारबाट राम्रो फाईदा हुनेछ ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो,टा, टि, टु, टे)

    शुभारम्भको चर्चा चल्नेछ । सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । छोटो यात्राको अवसर मिल्नेछ ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

    परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । छोटो यात्रा हुन सक्छ ।

    धनु

    धनु (ये, यो, भा, भि, भु,धा,फा,ढा, भे)

    आज लामो समयदेखि रोकिएका अधुरा कामहररू पुरा हुनेछन् । छोटो यात्राको सम्भावना रहेको छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।

    कुम्भ

    कुम्भ (गु, गे,गो, सा, सि,सु,से, सो, दा)

    एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन ।

    बृष

    वृष (इ,उ, ए, ओ, वा, वि, वु, वे, वो)

    आज उन्नति प्रगतिको वातावरणमा समस्या आउला । पेसा वा व्यवसायका क्षेत्रमा व्यवधान आउन सक्छ, तर आफन्तको साथ मिल्नेछ ।

    कर्कट

    कर्कट (हि,हु,हे, हो,डा, डि डु, डे, डो)

    आज धार्मिक समारोहमा सरिक हुने सम्भावना छ ।जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

    कन्या

    कन्या (टो, पा, पि,पु, ष, ण,ठ, पे, पो)

    आज आफन्त संग मनमुटाव बढ्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । स्वास्थ्य प्रतिकूल रहन सक्छ, स्वस्थ प्रति सचेत रहनु होला ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि,नु,ने, नो, या,यि, यु)

    आज बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सहजै सम्पादन हुन सक्छ । आफूसँग भएको क्षमता प्रदर्शन गरेर अवसर र सफलता मिल्नेछ ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

    सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।अध्ययन र प्राविधिक कार्यमा रुचि बढ्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।

    मीन

    मीन (दि, दु, थ, झ,ञ, दे,दो, चा,चि)

    आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ ।बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु