• डोजाङ प्रमुखको कोरोना बिमा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार १०:४२

    काठमाडौं, भदौ २१ गते ।
    काठमाडौं जिल्ला तेक्वान्दो संघले काठमाडौंमा रहेका विभिन्न तेक्वान्दो डोजाङका प्रमुखहरुको कोरोना बिमा गरिदिएको छ ।
    जम्मा १ सय ३ जनाको कोरोना बिमा गरिदिएको संघका अध्यक्ष अशोक खड्काले जनाएका छन् । बिमा सेप्टेम्बर १५ देखि लागू भइ १ वर्षसम्म कायम रहने छ । सबैको जनही ५० हजारका दरले बिमा गरिएको अध्यक्ष खड्काले जानकारी गराए । हात्तीसारस्थित एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडमा उनीहरुको बिमा गरिएको हो ।
    बिमाका लागि आवश्यक पर्ने ५० प्रतिशत रकम संघले आफैले व्यवस्थापन गरेको हो । बाँकी ५० प्रतिशत सगरमाथा तेक्वान्दो डोजाङ, लन्डनका प्रशिक्षक धीरज गुरुङले प्रायोजन गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु