
बुटवल – रुपन्देहीमा सोमबार ४१ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ३५ पुरुष र ६ महिला रहेका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सोमबार सबैभन्दा धेरै सिद्धार्थनगर नगरपालिकामा १८ जना संक्रमित देखा परेका छन् । जसमध्ये १४ जना पुरुष र ४ जना महिला रहेका छन् ।
यसैगरी ओमसतिया गाउँपालिकामा १६ जना पुरुषमा सक्रमण भेटिएको छ भने बुटवल उपमहानगरपालिकामा नयाँ थपिएका ४ जना संक्रमित मध्ये ३ पुरुष र १ महिला रहेका छन् । सैनामैना नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका र मायादेवी गाउँपालिकामा १/१ जना संक्रमित थपिएका छन् ।
यो सँगै रुपन्देहीमा कोरोना संक्रमितको संख्या १ हजार ३२९ पुगेको छ । जसमध्य ६५३ जना संक्रमित निको भएका छन् भने ६६२ संक्रमित उपचाररत अवस्था रहेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।


