• डब्लुएचओ को अनुसार के छ बिश्वभर कोरोनाको पछिल्लो अपडेट

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलवार ०९:३२

    काठमाडौं, भदौ २३ । विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड ७४ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ७४ लाख ८५ हजार नौ सय ४४ पुगेको छ ।

    आज विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या आठ लाख ९६ हजार आठ सय ६० पुगेको छ भने कोरोना जित्नेको संख्या एक करोड ९५ लाख ८७ हजार पाँच सय ३५ ।

    गत वर्षको डिसेम्बरको अन्त्यबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट हालसम्म अमेरिका सबैभन्दा बढी प्रभावित छ।

    हालसम्म अमेरिकामा कोरोनाबाट एक लाख ९३ हजार पाँच सय ३४, ब्राजिलमा एक लाख २७ हजार एक, भारतमा ७२ हजार आठ सय १६, मेक्सिकोमा ६७ हजा सात सय १८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु