• पछिल्लो २४ घन्टामा उपत्यकामा ३९६ सहितदेशभर ९ सय २ जनामा कोरोना पुष्टि

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलवार १६:५४

    काठमाडौं, २३ भाद्र । काठमाडौं उपत्यकामा आज एकै दिन ३ सय ९६ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ९ सय २ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ३९६ जना थपिएसँगै जोखिम बढेको छ ।
    स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १० हजार ६ सय ११ जनाको पिसीआर परिक्षणमा ९ सय २ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

    त्यसैगरी आज २४ घन्टामा २२ सय ८७ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या ३२ हजार ९ सय ६४ रहेको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका ३०० जना र ललितपुरका ३८ जना र भक्तपुरका ५८ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ४८ हजार १ सय ३८ पुगेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु