• श्रमिकहरुलाई राहत वितरण

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलवार १७:३९

    भाद्र २३ काठमाडौ ।
    कोरोना संक्रमणका कारण काठमाडौं उपत्यकामा जारी लकडाउनले विपन्न वर्ग देखि मध्यम वर्गसम्मलाई संकट पर्न थालेको छ। साताव्यापी मात्र भनेको लकडाउनमा थप लकडाउन माथि लकडाउन भएपछि संकट पर्न थालेको छ।

    यसक्रममा समाजवादी ट्रेड युनियन महासंघ नेपाल केन्द्रीय महिला विभागद्वारा कोभिड १९ नोभेल कोरोना भईरसका कारण मारमा परेका ट्रेड युनियन महासंघमा आवद्ध श्रमिकहरुलाई गाैरीघाट ट्रेड युनियन कार्यलय परिसरमा दैनिकी प्रयोग गरिने खाधान्न सामाग्री वितरण गरिएको छन ।

    उक्त राहत वितरण कार्यक्रममा समाजवादी ट्रेड युनियन महासंघ नेपालका केन्द्रीय अध्यक्ष नवराज दाहाल प्रमुख अतिथि रहेको थियो र विशेष अतिथि काठमाडौ महानगरपालिका वडा नं सातका अध्यक्ष शुद्ध कुमार डंगोल र महानगरीय प्रहरी वृद्ध गौशालाका प्रहरी निरीक्षक जनक ढुंगाना लगायत महासंघका केन्द्रीय समितिका पदाधिकारीहरु र महिला विभागका सम्पूर्ण टिमको उपस्थिति रहेको थियो ।

    राहत वितरणको क्रममा प्रमुख अतिथि विशेष अतिथि लगायत सबै उपस्थित अतिथिहरुले यस्तो संकटको समयमा यसरी राष्ट्र निर्माण तथा देशकै आधारभुत वर्गकाको रुपमा स्थापित श्रमजीवी वर्गलाई माया गरेर राहत वितरण गर्नु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्नु भएको थियोे र समाजवादी ट्रेड युनियन महासंघ नेपाल केन्द्रीय महिला विभाग लाई श्रमिक वर्गकाको निम्ति सदैव यसरी नै क्रियाशील रहिरहन सकोस् भन्ने शुभकामना समेत व्यक्त गर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु